सुरक्षा परिषदले अफगानिस्तानी अस्थायी सरकारसितको वार्तालाई समर्थन दिन चिनियाँ प्रतिनिधिको ताकिता
2024-06-22 19:01:57CRI
Share with:

संयुक्त राष्ट्र संघका लागि चिनियाँ उप प्रतिनिधि कङ श्वाङले जुन २१ तारिख अफगानिस्तान समस्याबारे सुरक्षा परिषदको खुला बैठकमा सुरक्षा परिषदले अफगानिस्तानी अस्थायी सरकारसितको वार्तालाई समर्थन दिनुपर्ने भन्दै अफगानिस्तानलाई मानवीय कठिनाईको सामना गर्न सघाउनुपर्रे बताउनुभएको छ। 

कङ श्वाङकाअनुसार,  संयुक्त राष्ट्र संघका महासचिवको प्रतिवेदनमा चालू वर्ष करीब २ करोड ३७ लाख जना अफगानिस्तानीले मानवीय सहायता चाहेको, मानवीय रकम ३ अर्ब ६ करोड अमेरिकी डलर चाहिने, हालसम्म १६.२प्रतिशतको लक्ष्य साकार भइसकेको र सुरक्षा परिषदले सहायता दिने पक्षसँग निरन्तर रुपमा अफगानिस्तानलाई मानवीय सहायता दिन आव्हान गर्नुपर्ने छ।

कङ श्वाङले चीनले अफगानिस्तानसम्बन्धी संयुक्त राष्ट्र संघीय सहायता मण्डलले निरन्तर रुपमा भूमिका निर्वाह गर्न समर्थन दिने, अन्तर्राष्ट्रिय समाजलाई अफगानिस्तानसँग आदान-प्रदान र सहकार्य गर्न अगाडि बढाउने, अफगानिस्तानी जनतालाई कठिनाईको सामना गर्न र दिगो विकास गर्न मद्दत दिने कुरा बताउनुभयो। अफगानिस्तानको मैत्रीपूर्ण छिमेकीको रुपमा चीनले अफगानिस्तानको शान्ति तथा स्थिरता र विकास तथा समृद्धिका लागि सधैं नै समर्थन दिएको र अफगानी जनतालाई निरन्तर रुपमा मद्दत दिने कुरामा जोड दिनुभयो।