भूपरिवेष्ठित देशहरूदेखि भू-जडित देशहरूसम्म किर्गिस्तानका प्रधानमन्त्रीको अपेक्षा
2024-06-22 17:25:44CRI
Share with:

किर्गिस्तान र उज्वेकिस्तान जस्ता भूपरिवेष्ठित देशहरूको लागि सीमापार रेलमार्गको निर्माणले निस्सन्देह सामाजिक र आर्थिक विकासलाई पखेटा दिएको  जस्तै छ।

चालू वर्षको जुन महिनामा चीन, किर्गिस्तान र उज्बेकिस्तानबीच अन्तरसरकारी सम्झौतामा हस्ताक्षर भएपछि चीन-किर्गिस्तान-उज्बेकिस्तान रेलमार्ग भिजनबाट वास्तविकतामा परिणत हुने सङ्केत मिलेको छ ।

योजनाबद्ध चीन-किर्गिस्तान-उज्बेकिस्तान रेलमार्गको कुल लम्बाइ लगभग ५२३ किलोमिटर छ र सिन्च्याङ प्रान्तीय काशगरबाट सुरु भएर किर्गिस्तान हुँदै उज्बेकिस्तानमा प्रवेश गर्दछ र भविष्यमा पश्चिम एशिया र दक्षिण एशियामा विस्तार गर्न सकिन्छ।

सीएमजीसँगको अन्तर्वार्तामा आफ्नो देश र मध्य एसियाली क्षेत्रका लागि निहित शक्ति ल्याउने यस रेलमार्गबारे कुरा गर्दै किर्गिस्तानका प्रधानमन्त्री आकेर्बेक झापारोभले यसरी भन्नुभयोः अब, चीन-किर्गिस्तान-उज्बेकिस्तान रेलवे शाङहाईदेखि पेरिससम्मको सबैभन्दा छोटो मार्ग हो। यसले किर्गिस्तान मात्र होइन, मध्य एसियालाई दुई ठूला अर्थतन्त्र (चीन र इयू) बीचको भू-करिडोर बनाउनेछ। यस रेलमार्गको निर्माण र संचालनबाट मध्य एशियालाई सभ्यताहरूको प्रतिच्छेदनको केन्द्र मात्र होइन, व्यापार र रसदको केन्द्र पनि बनाउन सकिनेछ। राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्ताव गर्नुभएको बेल्ट एण्ड रोड अवधारणाको यो महत्वपूर्ण अभ्यास नै हो।