पेन्टागनले महामारीका बेला गोप्य रुपमा “चिनियाँ खोप विरोधी कारवाही” चालेको रोयटर्सको निचोड
2024-06-23 16:06:52CRI
Share with:

चीनले पहिले कोरोना भाइरस महामारीका लागि अमेरिकालाई दोष लगाएकोबारे जवाफी प्रहार गर्नका लागि महामारी अवधिमा अमेरिकी सेनाले चीनको सिनोभ्याक खोपमाथि हिलो छ्याप्ने गोप्य कारवाही थालेको थियो। यो कारवाहीको लक्ष्य फिलिपिन्सका सर्वसाधारणहरू थिए। स्वास्थ्य विशेषज्ञकाअनुसार, यो कदम अस्थिर, तर्कहीन र निर्दोष जीवनप्रति वेवास्ता हो। 

कोरोना महामारी सबैभन्दा गम्भीर भएको बेलामा फिलिपिन्समा चीनको बढ्दो प्रभावलाई कमजोर पार्न अमेरिकी सेनाले एक गोप्य कदम चालेको थियो। फिलिपिन्स भाइरसबाट गम्भीर रुपमा प्रभावित मुलुक थियो। 

यसअघि कुनै पनि सञ्चार-माध्यमले उक्त गोपनीयता खुलासा गरेका थिएनन्। रोयटर्सको एक छानबिनअनुसार, यो कारवाहीको उद्देश्य मानिसहरूलाई चीनले उपलब्ध गराएको खोप र अरु सहायताको सुरक्षा र प्रभावकारिताबारे शंका उब्जाउनु थियो। अमेरिकी सेनाले नक्कली खातामार्फत पोष्टिङ गरेको, “चिनियाँ खोप विरोधी कारवाही”को निर्देशन गरेको थियो। अमेरिकी सेनाले मास्क र फिलिपिन्समा बजारीकरण हुने पहिलो खोप-चीनको सिनोभ्याकमाथि प्रहार गरेको थियो।