जर्मन साथीको चीन बसाइको कथा-१
2024-06-24 09:24:34cri
Share with:

 

जर्मनीका चान्सलर ओलाफ शोल्जले गत अप्रिल महिनामा चीनको भ्रमण गर्नुभएको थियो। सन् २०२१ को डिसेम्बरमा जर्मनीका चान्सलरको पद सम्हालेपछि उहाँले चीनको भ्रमण गर्नुभएको यो दोस्रो पटक हो। चीन-जर्मनी दौत्य सम्बन्ध स्थापना भएको आधा भन्दा बढी शताब्दीदेखि द्विपक्षीय सम्बन्धमा उच्च स्तरीय विकास हुँदै आएको छ। यस क्रममा अरु बढी जर्मनहरु बस्न तथा काम गर्न चीन आएका छन्, क्रिस्टोफर हेरिंग तीमध्येका एक हुनुहुन्छ। उहाँले चीनमा नविनताबाट ल्याइएको प्रेरक शक्ति सजिलैसँग महसूस गर्नसक्ने बताउनुभएको छ।

 

३४ वर्षीय जर्मन साथी क्रिस्टोफर हेरिंग जर्मनीको बावेरिया प्रदेशको राजधानी म्युनिखबाट चीन आउनुभएको हो। अहिले जर्मनीको विदेशी वाणिज्य संघमा कार्यरत उहाँले चीन-जर्मनी नविनता सम्बन्धी सहयोगको जिम्मेवारी सम्हाल्नुहुन्छ।

 

जर्मनीको बावेरिया प्रदेश "विशाल उद्योगस्थल" को रूपमा चिनिन्छ। यो जर्मनीको आर्थिक शक्ति प्रदेशले विगत लामो समयदेखि चीनसँग धेरै क्षेत्रमा घनिष्ठ सहयोग गर्दै आएको छ।

 

सन् २०११ मा विश्वविद्यालयमा अध्ययनरत हेरिंग थोङ चि विश्वविद्यालयको चीन-जर्मनी आदान-प्रदान परियोनामा नाम दर्ता गरी चीन भ्रमणमा आउनुभएको थियो। आदान-प्रदानको अवधिमा उहाँले साथीसँग छङ तुको यात्रा पनि गर्नुभएको थियो। छङ तुको वातावरण तथा मठो खानाले उहाँलाई आकर्षण गरेको थियो।

 

क्रिस्टोफर हेरिंगले भन्नुभयो, मैले पर्यटकको हैसियतमा छङ तुको यात्रा गरेको थिएँ। तत्काल मैले छङ तुको पाण्डा अखडा तथा लशान विशाल बुद्धको भ्रमण गरेको थिएँ। तिनीहरु परम्परागत पर्यटन परियोजना थिए, तैपनि मलाई धेरै मन परेको थियो। त्यसका अतिरिक्त, मला छङ तुका पार्कहरु एकदम मनपर्यो । पार्कहरुमा सबैले प्रकृतिको महसूस गर्नुका साथै आनन्ददायी जीवन बिताउन सक्छन्। छङ तुका मठा खानाहरु पनि भन्नुपर्ने कुरा हो। त्यहाँ जताततै हटपट पाइन्छ। मठा खानाहरुको व्यापक छनौट पनि छ, हजारौँ जति होला, मलाई त्यस्तै लाग्छ। खाना खाने तरिका विदेशको बानीको तुलनामा फरक छ, यहाँ आफन्त अथव साथीहरु मिलेर सँगै खाने चलन छ। धेरै मान्छेहरुले मठो खाना सँगसँगै खुसी बाँड्न पाउँछन्।

 

छङ तुका म खाना तथा आनन्ददायी वातावरणको अनुभव गरेपछि हेरिंगले दीर्घकालीन अवधिसम्म चीनमा बस्ने निर्णय गर्नुभएको थियो। सन् २०१८ मा म्युनिखमा व्यवसाय संचालन विषयको पढाकाएर स्वरोजगारी सम्बन्धी केही अनुभव संकलन गरेपछि हेरिंगले छङ तु आएर अरु देशबाट आएका धेरै विदेशीहरुसँग अन्तर्राष्ट्रिय स्वरोजगारी कारखाना अन्तर्गत छङ तु शाखाको स्थापना गर्नुभयो।