


जुन २५ देखि २७ तारिखसम्म १५ औँ ग्रीष्मकालीन दाभोस मञ्च चीनको ल्याउ निङ प्रान्तको ता लेन शहरमा आयोजना हुँदैछ। १६०० भन्दा बढी अतिथिहरूले “विश्वव्यापी नयाँ अर्थतन्त्र”, “चीन र विश्व”, “मानव स्मार्ट युगको व्यवसायी भावना” लगायतका ६ वटा मुख्य विषयबारे विचार-विमर्श गर्नेछन्। हाल मञ्चका विविध तैयारी कार्य सम्पन्न भइसकेका छन्।
प्राप्त जानकारी अनुसार, यस मञ्चले “विश्वव्यापी नयाँ अर्थतन्त्र”, “चीन र विश्व”, “मानव स्मार्ट युगको व्यवसायी भावना” लगायतका ६ वटा मुख्य विषयको आधारमा रही १२० भन्दा बढी खुलस्त सम्मेलनको आयोजना गर्नेछ। मञ्चमा सहभागी विभिन्न पक्षहरूले भेला भई छलफल गर्दै विश्व आर्थिक विकासका नयाँ शक्ति र क्षमतालाई तेजिलो पार्नका लागि राय-सुझाव प्रस्तुत गर्नेछन्।
यस दाभोस मञ्चले हरित र किफायती तरिकामार्फत सम्मेलनको आयोजना गर्ने सिद्धान्तलाई कायम राखेको पृष्ठभूमिमा संयोजन समितिले मुख्य सभास्थलमा हरित विद्युतीय शक्ति प्रमाण पत्रको कारोबार गरिने तरिकामार्फत “शतप्रतिशत हरित विद्युत आपूर्ति” गरिने लक्ष्यलाई साकार तुल्याउने कार्यक्रम रहेको छ।


