अमेरिकाले चीनमा लगानी गर्न लगाइएको प्रतिबन्धको प्रस्तावित नियम घोषणा गरेकोमा चिनियाँ वाणिज्य मन्त्रालयको प्रतिक्रिया
2024-06-24 17:33:48cri
Share with:

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले अमेरिकाले चीनमाथि लगानी प्रतिबन्धको प्रस्तावित नियम जारी गरेपछि पत्रकारहरूसँग प्रश्नोत्तर गर्नुभएको छ।

प्रवक्ताले चीनले अमेरिकाको यस सम्बन्धित दस्तावेजलाई गम्भीरताका साथ ध्यान दिएको भन्दै यो राष्ट्रिय सुरक्षाको नाममा गरिएको क्लासिक उदाहरण हो, जसले सान फ्रान्सिस्कोमा दुई देशका राष्ट्रनायकहरूबीच भएको सहमति उल्लङ्घन गरेको प्रकट गर्नुभयो। यसले चीन-अमेरिका दुई देशका कम्पनीहरूको सामान्य व्यापारिक सहकार्यलाई असर पुर्‍याएको, अन्तर्राष्ट्रिय व्यापारिक व्यवस्थालाई विघटन गरेको र विश्व आपूर्ति शृङ्खला र उद्योग शृङ्खलाको सुरक्षा स्थिरतालाई चुनौती दिएको पनि उहाँले बताउनुभयो।

प्रवक्ताले चीनले अमेरिकाको गतिबिधिप्रति गम्भीर चिन्ता र कडा विरोध गर्दै आवश्यक कदमहरू चाल्ने अधिकार जारी राख्ने कुरामा जोड दिनुभयो।