अमेरिकाले थाइवानतर्फ हतियार बिक्री गरेकामा चीनको कडा विरोध
2024-06-24 17:35:23cri
Share with:

जुन २४ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। पत्रकारको सम्बद्ध प्रश्नको जवाफ दिँदै प्रवक्ता माउ निङले चीनको अडानलाई प्रकाश पार्नुभयो। उहाँका अनुसार, अमेरिकाले चीनको थाइवान क्षेत्रतर्फ हतियार बिक्री गरेको कारवाहीले एक मात्र चीन भन्ने सिद्धान्त र चीन-अमेरिका ३ वटा संयुक्त विज्ञप्तिको गम्भीर उल्लङ्घन गर्नुका साथै  चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गरेको र चीनको सार्वभौमिकता तथा भूखण्डको अक्षुण्णतालाई गम्भीर रूपमा ध्वेस्त बनाएको छ। चीनले कानुन बमोजिम थाइवानतर्फ हतियार बिक्री गरेका सम्बद्ध कम्पनी, संस्था र उच्च तहका जिम्मेवार व्यक्तिमाथि प्रतिबन्दी लगाएको कुरा पनि प्रवक्ताले माउ निङले औँल्याउनुभएको छ।

थाइवान समस्या चीनको केन्द्रीय हितको मुख्य विषय हो भन्दै चीन-अमेरिका सम्बन्धका लागि उल्लङ्घन गर्न नसकिने पहिलो रातो रेखा हो भन्ने कुरामा प्रवक्ता माउ निङले जोड दिनुभएको छ।