पैचिङ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सम्पन्न
2024-06-24 17:33:15cri
Share with:

पाँच दिनसम्म चलेको ३०औँ पैचिङ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी जुन २३ तारिख सम्पन्न भएको छ। यस पटकको पुस्तक मेलामा २१०० वटा चिनियाँ तथा विदेशी प्रतिलिपि अधिकार व्यापार सम्झौता सम्पन्न भएका छन्। सो प्रदर्शनीमा कुल ३० लाख मानिसहरूले भ्रमण गरेका छन्। यस मेलाले प्रतिलिपि अधिकार व्यापारमा उल्लेखनीय सफलता हासिल भएको छ।

७१ वटा मुलुक र क्षेत्रका १६०० वटा चिनियाँ तथा विदेशी प्रदर्शकहरूले यस अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा भाग लिएका थिए। चिनियाँ उत्कृष्ट परम्परागत संस्कृति, बैज्ञानिक तथा प्राविधिक आविष्कार लगायत क्षेत्रमा आधारित सामग्रीहरूले अन्तर्राष्ट्रिय प्रकाशन संस्थाहरूको ध्यान आकर्षित गरेका छन्। यी सामग्रीहरू चिनियाँ तथा विदेशी प्रतिलिपि अधिकार सहकार्यको मूल विषय पनि बनेका छन्।

अन्तर्राष्ट्रिय दोस्रो ठूलो पुस्तक मेला भएको रुपमा पैचिङ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीले स्वदेशी तथा विदेशी प्रकाशन उद्योगहरूलाई संवाद, आदान-प्रदान तथा सहकार्यको पुल प्रदान गरेको छ। साथै, यसले जनस्तरमा पठन संस्कृतिको प्रगाढीकरणलाई प्रवर्द्धन गर्ने मञ्च पनि प्रदान गरेको छ।