सी चिन फिङद्वारा चन्द्रमाको सर्वेक्षण गर्ने छाङ अ ६ नम्बरको जिम्मेवारीलाई बधाई
2024-06-25 17:16:46cri
Share with:

जुन २५ तारिख अपरान्ह २ बजेर ७ मिनेट जाँदा छाङ अ ६ वापसी यान सुरक्षित रूपमा भित्री मंगोलियाको स च वाङ छी काउंटीको तोकिएको क्षेत्रमा चन्द्रमाको पछाडिको भागबाट सङ्कलित नमूनाहरू ल्याएर अवतरण गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव, राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले बधाई सन्देश पठाउँदै केन्द्रीय समिति, राज्य परिषद् र केन्द्रीय सैन्य आयोगको तर्फबाट छाङ अ ६ को जिम्मेवारी निर्देशन विभाग र सहभागी सबै कमरेडहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

 

सी चिन फिङले बधाई सन्देशमा छाङ अ ६ अन्वेषण यानले मानव इतिहासमा पहिलो पटक चन्द्रमाको पछाडिको भागबाट नमूना सङ्कलन गरी फिर्ता ल्याउन सफल महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यो चीनको अन्तरिक्ष शक्ति र विज्ञान तथा प्राविधिक शक्ति निर्माणमा अर्को महत्त्वपूर्ण उपलब्धि भएको औँल्याउनुभयो।