संवाद र परामर्श मात्र चीन-युरोप व्यापार विवाद समाधानको सही मार्ग
2024-06-25 19:55:17cri
Share with:

जुन २२ तारिख चीनका वाणिज्य मन्त्रीले युरोपेली आयोगका कार्यकारी उपाध्यक्ष एवम व्यापार सदस्य दोम्ब्रोव्स्किससँग भिडियो वार्ता गर्नुभएको छ। दुवै पक्षले युरोपेली संघद्वारा चीनका विद्युतीय गाडीहरूमाथि गरिएको अनुदान विरोधी छानबिन मामिलामा परामर्श थाल्ने सहमति जनाएका छन्। यस प्रगतिबाट चीन र युरोपेली संघ दुवै पक्षले व्यापार विवादलाई नियन्त्रण गर्न संवाद र परामर्शको माध्यमबाट प्रयास गरेको देखिन्छ।

संरक्षणवादले प्रतिस्पर्धात्मकतालाई सुरक्षित गर्न सक्दैन। चीनले चीन-युरोप व्यापार विवादलाई बढाउन चाहन्न, बरु संवाद र परामर्शको माध्यमबाट एकाआपसका उचित चासोलाई ध्यानमा राख्दै, तर्कसङ्गत र व्यावसायिक तरिकामा समस्याहरू समाधान गर्न चीन इच्छुक छ।

यसका साथै युरोपेली पक्षले पनि समान भावना देखाउन सक्ने र संवाद तथा परामर्शको माध्यमबाट दुवै पक्षका लागि स्वीकृत र लाभदायक नतिजा निकाल्न सक्ने आशा चीनले राखेको छ।