जुन २४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी पत्नी फङ लियुआन र चीनको राजकीय भ्रमणमा आउनुभएको पोल्याण्डका राष्ट्रपतिकी पत्नी अगाटाले चीनको राष्ट्रिय रंगमञ्चको भ्रमण गर्नुभएको छ।
फङ लियुआनले चीन र पोल्याण्डले लामो ऐतिहासिक परम्परा र गहिरो सांस्कृतिक सम्पदा बोकेको भन्दै केही वर्षयता दुई पक्षबीचको जन-जन र सांस्कृतिक आदान-प्रदान सक्रिय हुँदैआएको बताउनुभयो। चीन र पोल्याण्डबीचको सांस्कृतिक आदान-प्रदान र आपसी सिकाइ समृद्ध भएसँगै दुई देशका जनताबीचको आपसी समझदारी र मित्रता पनि अझ प्रगाढ हुँदै जाने विश्वास आफूले लिएको पनि उहाँले व्यक्त गर्नुभयो।
अगाटाले गहिरो चिनियाँ परम्परागत संस्कृतिले आफूमा गहिरो र सुन्दर छाप छोडेको व्यक्त गर्नुभयो। दुई पक्षले आदान-प्रदान र सहयोगलाई अझ सुदृढ बनाउने र दुई देशका जनताबीचको मित्रतालाई निरन्तर अभिवृद्धि गर्ने अपेक्षा लिएको पनि उहाँले उल्लेख गर्नुभयो।