असार १५ गते धान दिवस मनाउने तयारी
2024-06-26 16:06:16cri
Share with:

नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कार्यक्रम गरी २१ औँ राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव २०८१ मनाउने भएको छ। ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ असार १५ गते विभिन्न कार्यक्रम यो महोत्सव मनाउन लागिएको कृषि विभागले जनाएको छ। सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ यो दिवस मनाइने विभागले जनाएको गोरखापत्र अनलाइन लेखेको छ। 

राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन धानको मुख्य भूमिका रहेको छ। यो धान दिवस २०६१ सालदेखि मनाउँदै आएको छ। प्रत्येक असार १५ लाई धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउन लागिएको यो दिवसका लागि देशको आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न नारा तय गर्दै आएको छ। 

असार १५ गतेका दिन नेपालीले रोपाइँ गर्दै खेतमा दही चिउरा खान गरेको छ। खेत नगएका पनि सो दिन घरमै दही चिउरा खाएर धान दिवस मनाउँदै आएका छन्। रोपाइँ गरी दही चिउरा खानाले गति परिने विश्वासले आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाइँ गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खाने गरेको पाइन्छ। दोहोरी रोपाइँ गीतको रन्कोमा रोपाइँ गर्नु असारको अर्को आकर्षण हो।  

असार १५ सम्म लाठे र बाउसेलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी बाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बिउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तरखरमा जुटेका हुन्छन्।