सीआईएले भारतमा मुलुक स्थापना गर्न चाहन्छ?
2024-06-26 14:59:26cri
Share with:

पछिल्ला दिनमा गोवा क्रोनिकललगायतका भारतीय मिडियाहरूले एउटा समाचार लेखेका छन्: अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) बंगलादेश, म्यानमार र उत्तरपूर्वी भारतमा एक देश निर्माण गर्ने योजनामा छ। भारतीय मिडियाका अनुसार, सीआईएले यस क्षेत्रमा धार्मिक देश स्थापना गर्ने योजना बनाएको छ।

गत मे महिनामा मणिपुर प्रदेशमा धार्मिक द्वन्द्व बढेको थियो। जारी द्वन्द्वबाट दुई महिनामा १४० भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै ५० हजारभन्दा बढी मानिस विस्थापित भएका थिए। एकै समयमा यस क्षेत्रमा "स्वतन्त्रता" को आवाज चर्को हुँदैएको छ।

 

मे महिनामा मणिपुर प्रदेशबारेमा ठूलो मात्रामा गलत जानकारी सोसिएल मिडियामा देखा पर्‍यो। यस्ता गलत सूचनाले यस क्षेत्रका विभिन्न जातजाति र धार्मिक आस्थाका मानिसबीच द्वन्द्व निम्त्याएको छ। ती रिपोर्टमध्ये प्रायःरूपमा "क्रिश्चियन ब्रोडकास्टिङ नेटवर्क" भनिने मिडिया संगठन देखिएको छ। यस मिडियाले सम्बन्धित विषयमा बहस राख्ने गरेको छ, र यसले उद्धृत गरेको स्रोत अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगबाट आएको हो। यो समिति अमेरिकी संघीय सरकारमातहत छ र भारतमा केही धार्मिक समूहमाथि उत्पीडन भइरहेको छ भनी पुष्टि गर्दै प्रायः तथाकथित अनुसन्धान रिपोर्ट जारी गरिरहेको छ।

 

मणिपुर प्रदेशमा धार्मिक द्वन्द्व चर्किएपछि अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले धेरै पटक सूचना जारी गर्दै विशेषज्ञ छलफलको आयोजना गर्ने तरिकामार्फत भारतको धार्मिक समस्याको आलोचना गरेको छ।

 

सर्वेक्षणका अनुसार, अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगमा ५० भन्दा बढी सदस्य रहेका छन्। ती सदस्यहरू सबै तथाकथित "कार्यकर्ता" हुन्। तिनीहरूमध्ये धेरैको सीआईएसँग घनिष्ठ सम्बन्ध छ। अर्को शब्दमा भन्नुपर्दा भारतमा धार्मिक द्वन्द्वसँग सम्बन्धित विषयहरूको निरन्तर किण्वनको पछाडि सीआईएको प्रत्यक्ष संलग्नताको निशानहरू छन्।

 

द्वन्द्व चर्किएपछि "स्वतन्त्रता" र "राष्ट्र निर्माण" "अवश्यक कुरा" बनेको छ।

 

सीआईएले यस्ता धेरै बीउ रोपेको छ। अमेरिकाले सीआएको सहयोगमा भारतमा धेरै समस्या थुपारेको छ। अमेरिकाले फ्नो मित्रतामाथि पनि सावधानीपूर्वक विचार गरेको छ र यस भनाइसँग मेल खान्छ: अमेरिकाको शत्रु हुनु खतरनाक छ, तर अमेरिकाको सहयोगी बन्नु झनै घातक छ।