राष्ट्राध्यक्ष सीद्वारा च च्याङ प्रान्तको लि शुई शहरको चिङ्निङ श जातीय स्वशासित जिल्लाका जातीय कर्मचारीलाई जवाफी पत्र
2024-06-26 16:40:12cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले हालै च च्याङ प्रान्तको लि शुई शहरको चिङ्निङ श जातीय स्वशासित जिल्लाका सबै जातीय कर्मचारीहरू र जनतालाई जवाफी पत्र लेख्नुभएको छ। उहाँले चिङ्निङको स्थापना भएको ४० औं वार्षिकोत्सवका अवसरमा हार्दिक बधाई व्यक्त गर्दै चिङ्निङको विकासका लागि गहिरो आशा राख्नुभयो।

सी चिन फिङले आफ्नो जवाफी पत्रमा विगत ४० वर्षयता चिङ्निङ जिल्लाले जातीय ऐक्यबद्धता र विशेष विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको उल्लेख गर्दै विभिन्न जातिका जनताको जीवन झन् झन् राम्रो भइरहेको भनेर आफू अत्यन्त हर्षित बनेको विचार व्यक्त गर्नुभयो।

नयाँ यात्रामा जिल्लाका सबै जातिका कर्मचारी र जनताले केन्द्रीय समितिको निर्णयहरू कार्यान्वयन गर्न गम्भीरताका साथ लाग्नुपर्ने, उत्कृष्ट परम्पराहरूलाई अगाडि बढाउनुपर्ने, जातीय ऐक्यबद्धतालाई सुदृढ गर्नुपर्ने, विशेष श्रेष्ठताको उपयोग गर्न सक्ने, उच्च गुणस्तरीय विकास र साझा समृद्धिको लागि सक्रियताका साथ अघि बढाउनुपर्ने र चिनियाँ शैलीका आधुनिकीकरण प्रक्रियामा श जातीय चिङ्निङको विकासको नयाँ अध्याय लेख्नुपर्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।