किन युरोपियन फुटबल च्याम्पियनशीप चिनियाँ प्रायोजकप्रति उत्सुक छ?
2024-06-26 10:59:44cri
Share with:

सन् २०२४ युरोपियन फुटबल च्याम्पियनशीप जर्मनीमा योजना भइरहेको छ। यस्ता शीर्ष अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रायोजन विश्वव्यापी आर्थिक विकासको अवलोकन गर्नक लागि एउटा महत्त्वपूर्ण झ्याल हो। महामारीपछिको पहिलो शीर्ष अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको रूपमा रहेको यो युरोपियन फुटबल च्याम्पियनशीपमा १३ वटा "ग्लोबल पार्टनर" स्तरका मुख्य प्रायोजक छन् र तीमध्ये पाँचवटा चीनबाट आएका हुन् भने चीन लगातार दुई वर्षसम्म युरोपियन फुटबल च्याम्पियनशीप प्रायोजकको सबैभन्दा ठूलो स्रोत बनेको छ।

 

केही वर्षअघि शीर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा चिनियाँ कम्पनीको उपस्थिति लामो र कठिन प्रक्रियाबाट गुज्रिएको थियो। यस युरोपियन फुटबल च्याम्पियनशीपको प्रायोजकला उदाहरणका रूपमा हेर्दा "शून्य" बाट "एक" मा पुग्न दशँ वर्ष लागेको छ।

 

सन् १९७८ मा चीनले सुधार र खुलापनको नीति लागू गरी विश्वला बजार खुला गरेको थियो। त्यस बेला, एक अर्ब भन्दा बढी जनसंख्या भएको चिनियाँ बजारमा स्वदेशी र अन्तर्राष्ट्रिय कम्पनीहरूले प्रतिस्पर्धा गरेका थिए र चिनियाँ उपभोक्ताला ठूला तथा उच्च-गुणस्तरका उत्पादन प्रदान गरेका थिए, साथै चीनका स्थानीय उद्यमले पनि "विदेश जाने" गतिलाई तीव्र पारेका थिए। सन् २०१२ मा चीनले सुधार र खुलापनको व्यापक रूपमा गहन पार्ने नयाँ युगमा प्रवेश गरेपछि यो प्रक्रिया निकै तीव्र भएको छ। विगत एक दशकमा चीनका धेरै उद्योगका अग्रणी कम्पनीहरूले स्थानीय रोजगारी र प्राविधिक प्रगतिमा योगदान दिन विदेशमा अनुसन्धान तथा विकास केन्द्र र कारखाना स्थापना गरेका छन्।

 

युरोपियन फुटबल च्याम्पियनशीप जस्ता ठूला अन्तर्राष्ट्रिय कार्यक्रमले चिनियाँ कम्पनीलाई स्वागत गरेका छन्, त्यसको लागि चिनियाँ कम्पनीको वित्तीय शक्तिमा महत्त्व दिएको मात्र होइन, चीनको नवप्रवर्तन-संचालित आर्थिक सुधार रणनीति र परिणामस्वरूप विश्वव्यापी नयाँ प्राविधिक स्तरलाई पनि मान्यता दिएको छ। केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीले टिप्पणी गरेझैत्यस्ता विश्वव्यापी प्रभाव भएका कार्यक्रमको प्रायोजक पनि विश्व अर्थतन्त्रको विकास प्रवृत्तिलाई प्रतिनिधित्व गर्ने र विश्वव्यापी प्रभाव राख्ने कम्पनी हुनुपर्छ।