माटे खेलौना-1
2024-06-26 09:18:21cri
Share with:

मध्य चीनको ह नान प्रान्तमा "चिनियाँ उच्चारणमा "नी नी कौ" भनिने माटाका खेलौनाहरु पाइन्छन, जुन गाढा कालो रंगका छन र सिटी झैं फुक्न सकिन्छ। यी धेरै किसिमका छन्, तीमध्ये माटोका बाँदरहरु बढी पाइन्छन्। यसमा मानवका पुर्खारुपी बाँदर, मानिसको अनुहार भएको बाँदर, घुँडा बोकेको बांडर, आरु बोकेको बाँदर, खुट्टा सारेको बाँदर, बिरालोले तानेको बाँदर, काँधमा कोदालो बोकेको बाँदर, आगो निभाइरहेको बाँदर, पेटमा कपडा छोपिएको बाँदर र आपस्तमा अंगालो मारेका बाँदर आदि समावेश छन्।

     
दीर्घकालीन स्थानीय इतिहास र सँस्कृतिको पृष्ठभूमिमा विभिन्न नी नी कौ भन्ने खेलौनामा पनि गहन साँस्कृतिक अर्थ निहित रहेको छ, जुन एक किसिमको माटे खेलौना पटक्कै होइन।


 


       यस चित्रमा रहेको माटे बाँदरको अगाडिपट्टि प्रिन्ट गरिएको हो। त्यसको पछाडि एक समतल सतह बनाइएको छ र त्यसको पुछारमा अड्याउनका लागि पुच्छरलाई निमोठेर गोलो पारिएको छ। यसले गर्दा त्यसलाई उभ्याउन सकिन्छ। साथै त्यसको पछाडिपट्टि टाउको र पुच्छरमा प्वाल भएकाले फुकेर सिटी जस्तै बजाउन पनि सकिन्छ। त्यस माटाको बाँदरलाई बनाउँदा खास गरी अनुहार र पेटमा बढी ध्यान दिइएको छ। अनुहारमा आँखा, नाक, मुख, कान राम्ररी सजाइएपछि हेर्दा बाँदर हो कि मानिस हो छुट्याउन सकिंदैन। पेटमा भरिएको बुट्टाहरु प्रजननसित सम्बन्धित छन्। ती बुट्टाहरु मुख्यगरी थोप्ला र धर्कोलाई एक अर्कासित जोडेर निकै अनुशासित जस्ता देखाइएको छ। चुच्चो मुख, लामा जुँगा, गोला आँखा, रातो अनुहार, शरीरको माथिल्लो भाग तन्किएका र तल्लो भाग खुम्चिएको त्यो माटे बाँदर हेर्दा मानिसजस्तै देखिन्छ वन मान्छेजस्तो पनि देखिन्छ। सरल र सादा आकारमा रहेको त्यो माटे बाँदरमा परम्परागत रहस्यमय भाव र गहन भित्री अर्थ पनि छ।


  मध्य चीनको ह नान प्रान्तको व्हाई याङ्ग क्षेत्रमा दुइवटा टाउको भएका पशु-पंक्षीका किसिम-किसिमका माटाका खेलौनाहरु छन्। ती मुख्य गरी हातले माटोलाई निमोठेर बनाइएका हुन्। त्यसलाई बनाउने क्रममा "पानी हालेर माटो हुँडेल्ने", " नमुना बनाउने", " रुप आकार तयार पार्ने"," रंग लगाउने" र "बुट्टा भर्ने" गरी पाँच चरणको आवश्यकता पर्दछ। सबैभन्दा पींधको रंग एकेकवटा गरी लगाइएको होइन, बरु एक जमातका गरी भिजाएर लगाइएको हो। ती भिजाइएका माटाका नमुनाहरु सुकाइएपछि त्यसमा बुट्टा भर्ने गरिन्छ। बुट्टा भर्दा ब्रुशले होइन बरु काटुर ताछेर चुच्चो भएको जुनेलोको एउटा डाँठले रंगमा चोपेर कोरिएको हो। त्यसको धर्को शक्तिशाली र कडा देखिन्छ। जुन ब्रुशले कोरिएको जस्तो ठूलो रंगीन दाग देखिंदैन। माटे नमुनाको गाढा कालो पींधमा रातो, हरियो, सेतो र फिक्का पहेंलो रंगले कोरिएकाले निकै ताजा, चम्किलो र धैर्य भाव प्रदर्शित भएको छ।