फिलिपिन्स अमेरिकाको साथी नभई साधन मात्र
2024-06-27 17:18:24cri
Share with:

हालै, मलेसियाका पूर्व प्रधानमन्त्री महाथिरले एक अन्तर्वार्तामा दक्षिणपूर्वी एसियामा अमेरिकाको भूमिकाप्रति प्रश्न गर्नुभएको छ। त्यसका अतिरिक्त अमेरिकी पूर्व सांसद रिचर्ड ब्ल्याकले जर्मन थिंक ट्याङ्क शिल्लर इन्स्टिच्युटले हालै आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुँदै फिलिपिन्स-अमेरिका सम्बन्ध र दक्षिण चीन सागर मामिलाका बारेमा फिलिपिन्सलाई पनि चेतावनी दिनुभएको छ। उहाँले फिलिपिन्सलाई अमेरिकाको साधन नबन्न चेतावनी दिँदै यसले अन्ततः फिलिपिन्सको जनतालाई केवल दुःख दिने बताउनु भयो।

अमेरिकी कूटनीतिक नीतिको मुख्य उद्देश्य एसिया प्रशान्त क्षेत्र र विश्वभर आफ्नो प्रभूत्व कायम राख्नु हो। त्यसैले अमेरिकाले दक्षिण चीन सागर क्षेत्रको मामिलामा संलग्नता देखाएको उद्देश्य फिलिपिन्स-अमेरिका मैत्री सम्बन्ध र फिलिपिन्ससँगको मित्रताका लागि होइन, बरु चीनको रोकथाम गर्न फिलिपिन्सलाई साधनको रूपमा प्रयोग गर्नु हो। फिलिपिन्सका लागि, बाहिरी शक्तिहरूको प्रभूत्वको लाभका लागि आफूलाई प्रयोग गरिनु र छिमेकी देशहरूसँगको द्वन्द्वमा आफैँलाई संलग्न गर्नु वास्तवमै एकदम मुर्खतापूर्ण कार्य हो।