एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण
2024-06-27 16:59:07cri
Share with:

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ। यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले जानकारी दिनुभयो।  परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण भएका छन्। यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। 

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क प्राप्त गर्ने र आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क प्राप्त गर्ने विद्यार्थीको नजिता नियमित तर्फ समावेश गरेको हो।  ५२.१४ प्रतिशत परीक्षार्थीले नन ग्रेड (एनजी) अर्थात् ३५ प्रतिशत भन्दा कम अङ्क ल्याएका छन्।

एसइई परीक्षा २०८० चैत १५ देखि २७ गतेसम्म भएको थियो। बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ। जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था गरेको जनाएको छ।  बोर्डले दिएको जानकारी अनुसार १८६ जनाले ४ जिपिए ल्याएका छन् भने दुई सय २१ जनाको परीक्षा रद्द भएको थियो।

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने जानकारी दिएको छ। बोर्डका अनुसार २०८० सालको एसईईमा दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल अर्थात (एनजी) भएका छन्। जसमध्ये एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा ९कम्पार्ड० दिन पाउने भएका छन्।