स्वयंसेवाबाट न्युजिल्याण्डका स्टेवार्टद्वारा चीनमा जीवन्त जीवनशैलीको अनुभव
2024-06-28 12:23:56cri
Share with:

 

क्वाङ तोङ प्रान्तीय शन चन शहरको श खौ क्षेत्रमा हल्का खैरो कपाल र गाढा निलो आँखाका पुरुष देख्नपाइन्छ। उहाँले स्वयंसेवकको रातो टिसर्ट लगाउनुहुन्छ। उहाँ न्यूजिल्याण्डबाट आउनुभएको स्टेवार्ट जोन हानसेन हुनुहुन्छ। हाल, चीनको शन चनमा सात वर्षको बसाइमा पहिलो वर्षदेखि नै श खौको सडकमा स्वयंसेवा कार्य थाल्नुभएको थियो।

 

हालैका वर्षहरूमा अन्तर्राष्ट्रियकरण सडक निर्माण शन चन शहरले अन्तर्राष्ट्रियकरण शहरको उच्च गुणस्तरीय निर्माणको अन्वेषण गर्ने र ठूलो शहरीय शासन क्षमता र अन्तर्राष्ट्रिय प्रभावलाई माथि उकास्ने महत्वपूर्ण कदम बनेको छ। स्टेवार्टकाअनुसार, शन चन शहरको श खौ क्षेत्रको अन्तर्राष्ट्रिय स्वयंसेवा टोलीमा सँलग्न भएपछि उहाँ निर्माणमा सँलग्न व्यक्ति हुनुका साथै निर्माणको उपलब्धिलाई साझा गर्ने व्यक्ति हुनुहुन्छ। उहाँ भन्नुहुन्छ अन्तर्राष्ट्रियकरण सडकको निर्माणबारे शन चन शहर सरकारले हाम्रो अन्तर्राष्ट्रिय स्वयंसेवकसेविकाको प्रस्ताव र विचार सोध्यो। मलाई खुशी लाग्यो। मेरो विचारमा हामीलाई सम्मान गरिएको छ। चिनियाँ वा विदेशी, यहाँका सबैले शहरको अझै सुन्दर भविष्यका लागि प्रयास गरेका छन्। सरकारले पनि हाम्रो आबास समुदायको सुन्दर जीवनका लागि मद्दत दिएको छ। मेरो विचारमा म शन चनका साँच्चो वासिन्दाको हैसियतमा यहाँ बसोबास गर्छु। म बाहिरबाट आएको व्यक्ति होइन त्यस्तो महसूस गर्छु।

 

श खौ अन्तर्राष्ट्रिय स्वयंसेवा टोली श खौ विदेशीहरूको व्यवस्थापन सेवा केन्द्रले स्थापना गरेको नान शान क्षेत्रको पहिलो क्षेत्रीय स्तरीय अन्तर्राष्ट्रिय स्वयंसेवा टोली हो। स्टेवार्ट धेरै वर्षदेखि स्वयंसेवा कार्यमा सँलग्न हुनुहुन्छ। सन् २०२०मा स्वयंसेवा टोलीको स्थापना हुँदा उहाँलाई ००१ को बिल्ला दिइएको थियो। सन् २०२२ मार्चमा उहाँले सन् २०२२ मा शन चनका दशजना स्वयंसेवासेविका को पुरस्कार प्राप्त गर्नुभयो। उहाँ भन्नुहुन्छ यो सबै स्वयंसेवकसेविकाले प्राप्त गरेका उपलब्धिहरू हुन्। मैले उनीहरूको तर्फबाट मात्र पुरस्कार ग्रहण गरेको हुँ। मलाई गौरव छ। स्वयंसेवक बन्नु मैले शन चन र चीनप्रति देखाएको मेरो माया तथा सद्भावको सबैभन्दा राम्रो तरीका हो।

 

स्वयंसेवा कार्यका कारण स्टेवार्टले चीनमा सबैभन्दा जीवन्त जीवनशैली देख्नुभएको छ र चीनको साँच्चै विकासको अनुभव पनि गर्नुभएको छ। उहाँकाअनुसार, शन चन मौका र सपनाको शहर हो। खुला र समावेष्टिक साँस्कृतिक वातावरणले विश्वको विभिन्न मुलुकका व्यक्तिलाई बसोबास र काम गर्न आकर्षित गरेको छ।

 

भविष्यबारे चर्चा गर्दा स्टेवार्ट भन्नुहुन्छ म यहाँ बसोबास गर्दैआएको छु। यो मेरो घरजस्तै छ। रेवी अल्लीजस्तै मैले निरन्तर रुपमा स्वयंसेवा कार्य गर्ने छु। मैले मेरा साथीहरूसँग शन चन शहरमा अझै सुन्दर भविष्यको सँयुक्त रुपमा निर्माण गर्ने छु।