अराजक, झगडालु र हुकुमी – सीजीटीएनको सर्वेक्षणमा एशियालीको नजरमा अमेरिका
2024-06-28 16:39:57CRI
Share with:

“चिनियाँ जनताको नजरमा अमेरिकाको छवि अमेरिका आफैमा निर्भर छ।”चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताको चर्चाले अन्तर्राष्ट्रिय वृत्तमा तातो बहस ल्याएको छ। त्यसैले अमेरिकाको छवि वास्तावमा कस्तो छ? सीएमजीको सीजीटीएन र चिनियाँ जन विश्वविद्यालयले ‘एशियाली देशका प्रतिनिधिहरूका लागि नयाँ युगमा अन्तर्राष्ट्रिय सञ्चार संस्थान’ मार्फत एक सर्वेक्षण गरेको छ। सर्वेक्षण अनुसार, आन्तरिक मामिलामा अराजकता, हस्तक्षेपकारी र झगडालु तथा हुकुमी र प्रभुत्ववादी अमेरिकाको छवि बनेको छ। सो सर्वेक्षण १० देशका २००९ जना उत्तरदाताहरू बीच गरिएको थियो।

सो सर्वेक्षणमा ८४.४ प्रतिशत उत्तरदाताले बन्दुक हिंसा अमेरिकी समाजमा एक कठिन समस्या भएको विचार राखेका छन्। ७५.४ प्रतिशत उत्तरदाताले अमेरिकामा जातिय भेदभाव सामान्य रहेको व्यक्त गरेका छन्। ७५.८ प्रतिशत उत्तरदाताले अमेरिकी समाजमा आयको असमान विस्तार हुँदै गएको व्यक्त गरेका छन्। यसका साथै, एशियाली उत्तरदाताको आँखामा अमेरिकाका दुई मुख्य पार्टीको प्रतिस्पर्धा र राजनैतिक ध्रुवीकरणका कारणले समाज थप गम्भीर बनेको छ। साथै, ८१.७ प्रतिशत उत्तरदाताले पार्टी प्रतिस्पर्धाको कारण अमेरिकाको राजनैतिक प्रणालीको खराबी स्पष्टसँग देखिएको बताएका छन्।

सर्वेक्षणमा ६९.१ एशियाली उत्तरदाताले अमेरिकासँग अन्तर्राष्ट्रिय नियमहरूमा दोहोरो मापदण्ड लागू गरेको आरोप लगाएका छन्। ६४.४ प्रतिशत उत्तरदाताले अन्य देशहरूविरुद्ध लगाएको प्रतिबन्ध आर्थिक बलप्रयोग र आधिपत्यको कार्य भएको बताएका छन्। ७४.४ प्रतिशत उत्तरदाताले अमेरिका हुकुमी देश भएको विचार गरेका छन्।