चीन र भेनेजुएलाका राष्ट्रनायकबीच शुभकामना तथा बधाई आदानप्रदान
2024-06-28 16:47:29cri
Share with:

जुन २८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोले दुई देश बीचको दौत्य सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका उपलक्ष्यमा आपसमा बधाई सन्देश आदानप्रदान गर्नु भएको छ।

 

सो अवसरमा राष्ट्राध्यक्ष सीले भेनेजुएलासँग परम्परागत मित्रतालाई निरन्तरता दिन ,विश्व शान्ति र विकासमा ठूलो योगदान पुर्याउन र हातमा हात मिलाएर मानव जातिको साझा भाग्य समुदाय निर्माण गर्दै अगाडि बढ्न चीन इच्छुक रहेको विचार व्यक्त गर्नुभयो।

 

भेनेजुएलाका राष्ट्रपति माडुरोले राष्ट्राध्यक्ष सीद्वारा प्रस्तुत गरिएको "बेल्ट एण्ड रोड" र तीनवटा विश्व पहलहरूमा सक्रियताका साथ भाग लिने र भेनेजुएला-चीन मित्रतालाई दृढतापूर्वक अगाडि बढाउन, द्विपक्षीय सहयोग र बहुपक्षीय सहकार्यलाई गहिरो पार्न भेनेजुएला इच्छुक रहेको विचार प्रकट गर्नुभयो।