सीएमजीसँगै मिलेर पेरिस ओलम्पिकलाई असाधारण सफल बनाइने
2024-06-29 17:07:55cri
Share with:

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाहले जुन २५ मा चाइना मिडिया ग्रुप (सीएमजी) का निर्देशक शन हाई श्योङलाई प्रत्युत्तर पत्र लेखेर ओलम्पिक दिवस २०२४ का लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। बाहले सीएमजीसँगै मिलेर पेरिस ओलम्पिक खेलकुदलाई असाधारण सफलता दिलाउने आशा व्यक्त गर्नुभएको छ।

सीएमजीका निर्देशक शन हाई श्योङलाई पठाएको प्रत्युत्तरमा बाहले अन्तर्राष्ट्रिय ओलम्पिक समितिका दीर्घकालीन साझेदारका रूपमा, ओलम्पिक खेलहरूको आकर्षणलाई चीन र विश्वभरका दर्शकहरूलाई प्रदर्शन गर्ने प्रक्रियामा चाइना मिडिया ग्रुपले अहम् भूमिका खेलेको कुरामा जोड दिनुभयो।