राष्ट्राध्यक्ष सी चिनफिङ तथा पेरूकी राष्ट्रपतिबीच पैचिङमा भेट-वार्ता
2024-06-29 17:13:05cri
Share with:

जुन २८ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएकी पेरूकी राष्ट्रपति डिना बोलुआर्टसँग भेट-वार्ता गर्नुभएको छ।

वार्ताको क्रममा राष्ट्राध्यक्ष सीले चीन-पेरू सम्बन्धको विकासमा चीनले उच्च महत्व दिँदै आएको भन्दै पेरूसित राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ पार्दै वास्तविक सहकार्यलाई गहन पारी सभ्यताको आपसी आदानप्रदानलाई प्रबर्द्धन गरेर चीन-पेरू सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाईमा पुर्याउँदै जान चीन इच्छुक रहेको कुरामा जोड दिनुभएको छ।

प्रत्युत्तरमा पेरूकी राष्ट्रपति श्रीमती बोलुआर्टले पेरूले निरन्तर रूपमा एक मात्र चीन भन्ने सिद्धान्तको अक्षरश: पालना गर्नुका साथै राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको अनेकन् वैश्विक प्रस्तावलाई समर्थन गरी सँगै मिलेर बहुपक्षीयतावादको संरक्षण गर्दै चीनसित खुलस्त विश्व अर्थतन्त्रलाई प्रबर्द्धन गर्दै जाने अठोट व्यक्त गर्नुभएको छ।

भेट-वार्ता सम्पन्न भएपछि दुवै देशका राष्ट्रनायकले सँगै मिलेर आर्थिक-व्यापारिक सहकार्य, डिजिटल अर्थतन्त्र, वैज्ञानिक-प्राविधिक सिर्जनशीलता, जाँचबुझ र क्वारेन्टाइन र मिडिया संस्था लगायतका विविध क्षेत्रमा रहेका शृङ्खलाबद्ध द्वीपक्षीय सहयोगात्मक दस्तावेजमा पनि हस्ताक्षर गर्नुभएको छ।