छ्यौ श पत्रिकाद्वारा राष्ट्राध्यक्ष सी चिनफिङको लेख
2024-06-30 17:44:13cri
Share with:

जुलाई १ तारिख छापिने १३ औँ छ्यौ श पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सन् २०२२ को अक्टोबर १६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनमा दिनुभएको प्रतिवेदनमध्येको एक भाग अर्थात् नयाँ युग र नयाँ यात्रामा चिनियाँ कम्युनिष्ट पार्टीको कार्यभार र कर्तव्य शीर्षकको महत्वपूर्ण लेख प्रकाशित गर्नेछ।

सो लेखमा भनिएको छ: अबदेखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रित कार्यभार देशभरका विभिन्न जातिका जनताको नेतृत्व गर्दै सम्पूर्ण रूपमा समाजवादी आधुनिकीकरण सशक्त मुलुकको निर्माण गरी दोस्रो शताब्दी प्रयास लक्ष्यलाई साकार तुल्याउनुका साथै चिनियाँ शैलीको आधुनिकीकरणमार्फत चौतर्फी रूपमा चीन राष्ट्रको महान पुनरूत्थानलाई अघि बढाउँदै जाने भन्ने रहेको छ।

समस्त पार्टीले विश्वासलाई सुदृढ पारी सकारात्मक रूपमा खतराको प्रतिरोध र सामना गर्दै निरन्तर रूपमा समाजवादी आधुनिकीकरण मुलुकको निर्माण क्रममा नयाँ बिजय प्राप्त गर्दै जाने कुरामा पनि सो लेखले जोड दिएको छ।