सीपीसी सदस्यको कुल संख्या ९ करोड ९१ लाख ८५ हजार
2024-06-30 17:44:56cri
Share with:

केन्द्रीय बिनियोजन मन्त्रालयले प्राप्त गरेको पार्टीभित्रको पछिल्लो तथ्याङ्क अनुसार, सन् २०२३ को डिसेम्बर ३१ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यको कुल संख्या ९ करोड ९१ लाख ८५ हजार पुगेको छ। त्यो संख्या सन् २०२२ को तुलनामा ११ लाख ४४ हजारले बढी हो र १.२ प्रतिशतले बृद्धि भएको छ।

 

हाल चिनियाँ कम्युनिष्ट पार्टीको ५१ लाख ७६ हजार आधारभूत संगठन रहेका छन्। जुन संख्या सन् २०२२ को दाँजोमा १ लाख ११ हजार थपिएकाले २.२ प्रतिशतले बृद्धि भएको छ। तीमध्ये आधारभूत तहका पार्टी समितिको संख्या २ लाख ९८ हजार रहेको छ। मुख्य विभागको संख्या ३ लाख २५ हजार र शाखा विभागको संख्या ४५ लाख ५४ हजार रहेको छ।