“नयाँ युगमा चीनले चौतर्फी रुपमा सुधारलाई गहन पार्ने कथाको अनुभव”
2024-06-30 17:43:27cri
Share with:

हाल चीनका धेरै शहरहरूमा तपाईं विभिन्न अनुहारका विदेशी पर्यटकहरूलाई झोला बोकेर ठूला सडकहरू अथवा साँघुरा गल्लीहरूमा हिँड्दै उत्सुकता, अन्वेषण र रोमाञ्चको भावना बोकेको देख्न सक्नुहुन्छ। चीनको भिसा-मुक्त साथीहरूको वृत्तलाई निरन्तर फराकिलो बनाउने र ७२ देखि१४४ घण्टाको मुक्त ट्रान्जिट भिसा नीतिलाई थप देशहरूमा विस्तार गरेसँगै अधिकभन्दा अधिक विदेशी पर्यटकहरूले चीनमा आगमन गरी प्रत्यक्ष रूपमा अनुभव गरेर हेर्ने छनोट गरिरहेका छन्। विदेशी सामाजिक मिडिया प्लेटफर्महरूमा "चाइना ट्राभल" र "१४४ घण्टाभित्र चीनको यात्रा" जस्ता भिडियो तथा विषयहरुले व्यापक चर्चा चलाइरहेका छन्। धेरै विदेशी ब्लगरहरूको "चीनको यात्रा"सम्बन्धी भिडियोहरू इन्टरनेटमा लोकप्रिय बनेका छन्।