सी चिन फिङले काजाकिस्तान र ताजिकिस्तानको राजकीय भ्रमण गर्नुहुने
2024-06-30 17:48:14cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुनयिङले घोषणा गर्नुभए अनुसार, जुलाई २ देखि ६ तारिखसम्म चीनका राष्ट्राध्यक्ष सी चिन फिङ अस्तानामा आयोजना हुने शाङहाई सहयोग संगठनका सदस्य मुलुकका राष्ट्रनायक परिषद्को २४ औँ बैठकमा सहभागी हुनुहुनेछ। सो अवसरमा उहाँले गणतन्त्र काजाकिस्तानका राष्ट्रपति तोकायेभ र गणतन्त्र ताजिकिस्तानका राष्ट्रपति रह्मोनको निमन्त्रणामा दुवै देशको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ।