राष्ट्राध्यक्षद्वारा शन चन- चोङ शान मार्गको उद्घाटनलाई बधाई
2024-06-30 17:48:52cri
Share with:

शन चनदेखि चोङ शानसम्मको नदी पार यात्रा मार्गको निर्माण जुन ३० तारिख सम्पन्न भई संचालनमा आएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले बधाई सन्देश पठाउँदै योजना निर्माणमा संलग्न सम्पूर्ण कमरेडहरूलाई हार्दिक अभिवादन व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले शन चन- चोङ शान मार्ग हङकङ-चुहाई-मकाउ पुलपछि क्वाङ तोङ-हङकङ-मकाउ महानगर क्षेत्रको अर्को विशाल यातायात परियोजना रहेको र त्यसले धेरै विश्व कीर्तिमानहरू तोडेको औँल्याउनुभयो। अर्को चरणमा, क्वाङ तोङ-हङकङ-मकाउ महानगर क्षेत्रमा बजारको एकीकरणलाई अघि बढाउन र यसलाई चिनियाँ शैलीको आधुनिकीकरणको नेतृत्व स्थल बनाउन अझ राम्रो सेवा र प्रत्याभूति प्रदान गर्नुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो।

शन चन- चोङ शान मार्गको उद्घाटन कार्यक्रम जुन ३० तारिख बिहान पश्चिमी कृत्रिम टापुमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय राजनीतिक ब्युरोका सदस्य एवम चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत क्वाङ तोङ प्रान्तका सचिव ह्वाङ खुन मिङले राष्ट्राध्यक्ष सी चिन फिङको बधाई सन्देश पढ्नुका साथै शन चन- चोङ शान मार्गको उद्घाटन घोषणा गर्नुभयो।