धार्मिक समस्याले चीनको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न अमेरिकालाई चीनको ताकिता
2024-07-01 18:18:46cri
Share with:

जुलाई १ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै अमेरिकी राज्य परिषदले गत हप्ता सार्वजनिक गरेको सन् २०२३ अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनले चीनको धार्मिक मामिलामा जोड दिएको बताउनुभएको छ।

 

प्रवक्ता माउले भन्नुभएअनुसार अमेरिकाको तथाकथित प्रतिवेदन वास्तविकताबाट टाढा भएर गलत तथा झूटले भरिएको देखिन्छ। चीनले यसप्रति कडा विरोध गरेको छ।

 

चीन सरकारले कानूनबमोजिम नागरिकको धार्मिक विश्वासको स्वतन्त्रताको संरक्षण गरिरहेको छ, प्रवक्ता मा निङले भन्नुभयो, चीनका विभिन्न जातीहरुसँग सम्पूर्ण धार्मिक विश्वासको स्वतन्त्रता छ।

 

हाल चीनमा विभिन्न धार्मिक जनताको संख्या बीस करोड बराबर छ धार्मिक समूहको संख्या ५५०० छ कानूनबोजिम दर्ता गरिएका धार्मिक गतिविधि स्थलको संख्या १ लाख ४० हजारभन्दा बढी छ। वास्तविकता सबैले देख्न सक्छन् भने यसमाथि हिलो छ्याप्नुहुँदैन।