चिनियाँ परराष्ट्र मन्त्रालय:अस्ताना शिखर सम्मेलनले सबै पक्षबीच थप सहमति जुटाउने र सहकार्यको नयाँ अध्याय लेख्ने विश्वास
2024-07-01 19:42:19cri
Share with:

जुला १ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनको योजना गर्नुभयो। एक पत्रकारले सोधे, चीनले घोषणा गरेको छ कि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ शाङहाइ सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन कजाकिस्तान जाँदै हुनुहुन्छ। राष्ट्राध्यक्ष सीले सहभागी नेताहरूसँग के-के विषयमा विचारहरू दान-प्रदान गर्नुहुनेछ? थप रूपमा यस वर्षको अस्ताना शिखर सम्मेलन पछि चीनले शाङहाइ सहयोग संगठन शिखर सम्मेलनको वर्तमान अध्यक्ष मुलुकको जिम्मेवारी लिनेछ। चीनले लोपालो रुपमा अध्यक्ष मुलुकको जिम्मेवारि पाएपछि गर्ने मुख्य कार्यबारे केही जानकारी दिन सक्नुहुन्छ

 

माउ निङले अस्ताना शिखर सम्मेलन यस वर्ष शाङहाइ सहयोग संगठन शिखर सम्मेलनको ढाँचाभित्रको सबैभन्दा महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो। उक्त भेटवार्तामा राष्ट्राध्यक्ष सी चिनफिङले सहभागी राष्ट्रका नेताहरूसँग नयाँ परिस्थिति र वर्तमान प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विभिन्न क्षेत्रमा सहयोग प्रगाढ बनाउने विषयमा गहिरो विचार दान-प्रदान गर्नुका साथै गामी विकासको योजना र व्यवस्था गर्ने योजना छ। यस शिखर सम्मेलनले सबै पक्षबीच थप सहमति निर्माण गर्नेसहयोगको नयाँ अध्ययन लेख्ने र सबै देशको सुरक्षास्थायित्वविकास र पुनरूत्थानको प्रवर्द्धन र मानव जातिको साझा भविष्यसहितको समुदायको निर्माणला प्रवर्द्धन गर्न सकारात्मक योगदान दिने चीनको विश्वास छ।

 

अस्ताना शिखर सम्मेलनपछि चीनले सन् २०२४-२०२५ मा शाङहाइ सहयोग संगठन शिखर सम्मेलन वर्तमान अध्यक्षता  लिनेछ। चीनले यसला ठूलो महत्व दिएको छ र यस क्षेत्रका जनताला थप लाभ पुर्याउन र विश्वको दिगो शान्ति र साझा समृद्धिमा थप योगदान गर्न सबै पक्षसँग मिलेर काम गर्न तयार रहेको छ।