ताजिकिस्तानमा सीएमजीको उच्च गुणस्तरीय कार्यक्रमको प्रसारण शुरु
2024-07-01 11:37:49CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ताजिकिस्तानको राजकीय भ्रमण गर्नुअघि जुन ३० तारिख चाइना मिडिया ग्रूप (सीएमजी) र ताजिकिस्तानको "खोभाल" राष्ट्रिय समाचार समिति तथा शिनामो टिभी स्टेशनले संयुक्त रूपमा आयोजना गरेको ‘सीएमजीका उच्च गुणस्तरीय कार्यक्रमहरूको ताजिकिस्तान प्रसारण’ दुशान्बेमा सुरु भएको छ। सीएमजीका एक दर्जनभन्दा बढी उच्च गुणस्तरीय कार्यक्रमहरूको प्रसारण ताजिकिस्तानका मुख्य संचारमाध्यममा गरिँदै छ।

उक्त शुभारम्भ कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभागका उपनिर्देशक तथा चाइना मिडिया ग्रूपका महानिर्देशक शन हाइस्योङ, ताजिकिस्तान 'खोभाल' राष्ट्रिय समाचार समितिका रुसी भाषाका प्रधान सम्पादक बाडेन्कोभा र ताजिकिस्तानका लागि चिनियाँ राजदूत ची शुमिनले भिडियो सम्बोधन गर्नुभएको छ।

'सी चिनफिङसँगको भेट', 'समृद्धिमा जाने बाटो', 'तुनह्वाङप्रति माया' लगायत १० भन्दा बढी वृत्तचित्र र फिचर फिल्महरूको प्रदर्शन गरिने कार्यक्रम छ। जसमा चीनको विशाल र विविधतापूर्ण संस्कृति, लोक रीतिरिवाजका साथै आर्थिक र सामाजिक विकास एवम् चीनका विभिन्न क्षेत्रहरूमा भएको परिवर्तनलाई देखाइने छ।

प्रदर्शन गरिने उच्च गुणस्तरीय कार्यक्रमहरूलाई जुलाई ६ सम्म क्रमिक रूपमा ताजिकिस्तानको "खोभाल" राष्ट्रिय समाचार समिति, शिनामो टिभी स्टेशन लगायतका प्लेटफर्महरूमा प्रसारण गरिने छन्। ताजिकिस्तानका स्थानीय सञ्चारमाध्यमहरुले उक्त प्रदर्शनबारे रिपोर्ट गरेका छन्।