सीएमजीका उच्च गुणस्तरीय कार्यक्रम प्रदर्शनी गतिविधि कजाकिस्तानमा सुरु
2024-07-01 15:10:16CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शाङहाई सहयोग संगठनको सदस्य राष्ट्रका राष्ट्रनायकहरूको परिषदको २४औँ बैठकमा भाग लिनुहुने अवसरमा र कजाकिस्तानको राष्ट्रिय भ्रमणका अवसर पारेर चीनको चाइना मिडिया ग्रुप (सीएमजी) र कजाकिस्तानको मुख्य रेडियो र टेलिभिजन व्यूरोका सिल्क रोड टिभी र अटामेकेन् टिभी स्टेशनले संयुक्त रूपमा सीएमजीका उच्च गुणस्तरका कार्यक्रमहरूको कजाकिस्तान प्रदर्शनी गतिविधि जुन ३० तारिखबाट अस्टानामा सुरु गरेका छन्। “'सी चिनफिङसँगको भेट” जस्ता १० भन्दा बढी उच्च गुणस्तरीय कार्यक्रमहरूलाई कजाकिस्तानका मुख्य मिडियाहरूमा निरन्तरताका साथ देखाइने छन्। भिडियो र कथाद्वारा चीन-कजाकिस्तान बीचको मित्रता र सहयोग भावनलालाई अघि बढाइने छ।

सो अवसरमा, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति प्रसार विभागका उपनिर्देशक एवं सीएमजीका प्रमुख शन हाइस्योङ, कजाकिस्तानका राष्ट्रपतिको रेडियो र टेलिभिजन व्यूरोका प्रमुख राउसजान काचिबायेवा र कजाकिस्तानका लागि चीनका राजदूत चाङ स्यीओले भिडियो सम्बोधन गर्नुभएको छ।