३२ भन्दा बढी देशमा सफलता हासिल गरेको चिनियाँ जीएसी मोटर्स अब नेपालमा
2024-07-01 15:41:46cri
Share with:

सीजी मोटर्सले आधिकारिक बिक्रेताको रुपमा चिनिने उत्कृष्ट चिनियाँ अटोमोबाइल ब्राण्ड जीएसी मोटर्स नेपालमा भित्र्याएको छ। विश्वभर उच्च, गुणस्तर र प्रविधिका लागि चिनिने जीएसी मोटर्सले सोही अन्तर्राष्ट्रिय स्तरको गुणस्तर नेपालमा ल्याउन नयाँ एयोन वाई नेपालको बाजारमा उपलब्ध गराएको क्लिकमान्डु अनलाइनले जनाएको छ।

 

३२ भन्दा बढी देशहरुमा सफलतापूर्वक विस्तार भइसकेको जीएसी मोटर्सलाई विश्वव्यापी रुपमा अटोमोबाइल उद्योगको अग्रणि मानिन्छ । अनुसन्धान, विकास, प्रविधि र ग्राहक सन्तुष्टिलाई आफ्नो मेरुदण्ड बनाइ जीएसी मोटर्सले दक्षिण-पूर्व एशिया, पूर्वी युरोप, अफ्रिका र अमेरिका समेत विभिन्न क्षेत्रका अन्तर्राष्ट्रिय बजारमा प्रभाव जमाएको छ ।