जर्मन साथीको चीन बसाइको कथा-२
2024-07-01 11:46:33cri
Share with:

 

छङ तुका मीठा खाना तथा आनन्ददायी वातावरणको अनुभव गरेपछि हेरिंगले दीर्घकालीन अवधिसम्म चीनमा बस्ने निर्णय गर्नुभएको थियो। सन् २०१८ मा म्युनिखमा व्यवसाय संचालन विषयको पढाइ सकाएर स्वरोजगारी सम्बन्धी केही अनुभव संकलन गरेपछि हेरिंगले छङ तु आएर अरु देशबाट आएका धेरै विदेशीहरुसँग अन्तर्राष्ट्रिय स्वरोजगारी कारखाना अन्तर्गत छङ तु शाखाको स्थापना गर्नुभयो।

स्वरोजगारी कारखानाबारे जानकारी दिँदै हेरिंगले यसरी भन्नुभयो, स्वरोजगारी कारखाना विश्वमा सबैभन्दा ठूलो स्वरोजगारी क्षेत्रमध्येको एक हो। मैले तत्काल छङ तु शाखाको स्थापना गर्ने जिम्मा लिएको थिएँ। त्यस बेलामा चीन, जर्मनी, अमेरिका, फ्रान्स तथा क्यानाडाबाट आएका स्वरोजगारी व्यवसायीहरु थिए। हामीले नियमित रुपमा स्वरोजगारी कार्यक्रमको आयोजना गरेका थियौँ, जुन एउटा खुला अन्तर्राष्ट्रिय स्वरोजगारी सामूदायिक क्षेत्र थियो। 

विगत धेरै वर्षदेखि हेरिंगले चीन-जर्मनी स्वरोजगारी सहयोग क्षेत्रमा काम गर्दै आउनुभएको छ। उहाँ अहिले जर्मनीको विदेशी वाणिज्य संघमा काम गर्नुहुन्छ। यस चौतारोमार्फत चीन र जर्मनी बीच विज्ञान तथा प्रविधिको नविनता सम्बन्धी सहयोगमा आफ्नो योगदान पुर्‍याउन सक्ने उहाँले आशा गर्नुभएको छ। यस कुराबारे चर्चा गर्दा उहाँले भन्नुभयो,

जर्मनीको विदेशी वाणिज्य संघमा म नविनता सम्बन्धी विभागको जिम्मेवारी सम्हाल्छु। मेरो विभागले चीनका विभिन्न विश्वविद्यालय अथवा प्रयोगशालामा विज्ञान तथा प्रविधिको क्षेत्रमा भएका उपलब्धिको उपयोगप्रति जिम्मा लिने गर्छ, जसबाट चिनियाँ प्रविधिलाई बेच्न सकिने उच्च प्रविधिको वस्तुमा परिणत गर्न सकिन्छ। चीनमा यस्तै परियोजनाहरु धेरै छन्, मलाई निकै रमाइलो लाग्छ। 

भविष्यबारे चर्चा गर्दै हेरिंगले हाल चीन विश्व आर्थिक विकासमा सबैभन्दा सकारात्मक मुलुकहरुमध्येको एक भएको भन्दै धेरै चिनियाँ स्वरोजगारी व्यवसायीहरु जन्मदेखि ठूलो व्यवसायी बन्न मात्र तीन चार वर्ष लाग्ने र यस्तो छिटो गति युरोपमा निकै विरलै देखिने बताउनुभयो। दीर्घकालीन अवधिसम्म चीनमा बसेर स्वरोजगारी व्यवसायहरुमा प्रवेश गरी अनुभव लिने तथा अध्ययन गर्ने पनि उहाँले बताउनुभयो। 

हेरिंगले भन्नुभयो, “आगामी केही वर्षमा चीन एकदमै रोचक हुनेछ भन्ने मलाई लागेको छ। किनभने अहिले धेरै क्षेत्र परिवर्तनको अवधिमा रहेको छ। आगामी केही वर्षमा प्रतिस्पर्धाको दबाव ठूलो हुन सक्ने छ, तैपनि नविनताको हद पनि निरन्तर रुपमा बढ्ने छ। त्यसैले मेरो लागि सबैभन्दा बढी छनौट गर्न लायक मुलुकहरुमध्ये चीन एक हो। यहाँ लगातार रुपमा काम गर्ने तथा बस्ने मैले इच्छा लिएको छु। किनभने बाह्य क्षेत्रले चीनको नविनता तथा विकासबारे जानकारी लिन धेरै गाह्रो छ, तत्स्थानमा चिनियाँ व्यवसायीहरुसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्नुपर्छ, जसबाट चिनियाँ संस्कृति, चिनियाँ विज्ञान तथा प्रविधि कसरी विकास भएको कुराबारे जानकारी लिन सकिने छ।”