रसुवागढीमा तीन वटा भाषाको 'साइनबोर्ड' प्रयोगमा
2024-07-01 15:40:41cri
Share with:

आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीमा रहेको अध्यागमन कार्यालयले तीन वटा भाषाको 'साइनबोर्ड' प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा 'साइनबोर्ड' प्रयोगमा ल्याएको जानकारी दिनुभयो । उहाँले 'साइनबोर्ड' ले पर्यटकको आवागनमा थप सहज हुने बताउनुभयो ।

 

कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि अहिलेसम्म एक हजार ७२ जनाले मानसरोवर, २२ जनाले ल्हासा, ४० जनाले ल्हासा र कैलाश दुवै ठाउँका लागि र पाँच जनाले गन्जाउलगायत अन्य ठाउँ जानका लागि अनुमति लिएका थिए ।

 

अध्यागमनले पर्यटकको रूपमा आवतजावत गर्नेको राहदानी अभिलेख राख्ने र रसुवाबासीका लागि केरुङसम्म जान आउन नेपालचीन सीमा क्षेत्रका बासिन्दालाई प्रदान गरिने स्थायी परिचयपत्रसमेत प्रदान गर्दै आएको राससले जनाएको छ।