अमेरिकी किशोरकिशोरीको आदानप्रदान समूहलाई चिनियाँ राष्ट्राध्यक्ष सीको सन्देश
2024-07-02 10:40:13CRI
Share with:

जुलाई १ तारिखका दिन, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी किशोरकिशोरीको 'युथ वाकिङ' आदानप्रदान समूहलाई सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले यसरी भन्नुभयोः चीन-अमेरिका सम्बन्धको आशा जनतामा निहित छ, जग जनतामा निहित छ, भविष्य युवामा छ र जीवन्तता स्थानीय तहमा छ। मलाई आशा छ, यो भ्रमणमार्फत तपाईँहरुले अनुभव गर्नुहुने छ र जानकारी लिनुहुने छ र चीनलाई बुझ्नुहुने छ। चिनियाँ युवाहरूसँग संवाद र अन्तरक्रिया गरी असल मित्र बन्नुहुने छ। दुई देशका जनताबीच थप सेतु निर्माण गर्नुहुने छ र चिनियाँ र अमेरिकी जनताबीचको मित्रतामा योगदान पुर्याउनुहुने छ।

प्राप्त जानकारी अनुसार, अमेरिकी "युथ वाकिङ" आदानप्रदान समूह अमेरिकाका ७ राज्यहरूका १४ माध्यमिक विद्यालयका लगभग १९० शिक्षकहरू र विद्यार्थीहरू मिलेर बनेको हो र यसलाई चिनियाँ जन वैदेशिक मैत्री संघद्वारा आमन्त्रण गरिएको छ।