“सी चिनफिङका जान्नैपर्ने क्लासिक उद्धरण’ तेस्रो संस्करण(कजाकिस्तान भाषा) कजाकिस्तानमा प्रकाशित
2024-07-02 20:15:43cri
Share with:

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शाङहाइ सहयोग संगठन सदस्य मुलुकका राष्ट्रानायक परिषदको २४औँ सम्मेलनमा संलग्न हुनुका साथै कजाकिस्तानको राजकीय भ्रमणको अवसरमा चाइना मिडिया ग्रुप (सीएमजी)बाट उत्पादित “मस्ट नो क्लासिक कोट्स बाइ सी चिनफिङ” कजाख भाषाको तेस्रो संस्करण अर्थात् सी चिनफिङका जान्नैपर्ने क्लासिक उद्धरणको स्थानीय समयअनुसार जुलाइ २ तारिखदेखि कजाकिस्तानमा प्रसारण गर्न थालिएको छ। स्थानीय धेरै प्रमुख प्रवाह मिडियाले त्यसबारे पूर्वावलोकन गरेका छन् र त्यसबाट कजाकिस्तानका विभिन्न क्षेत्रका अपेक्षा र व्यापक ध्यानाकर्षण भएको छ।

 

“मस्ट नो क्लासिक कोट्स बाइ सी चिनफिङ” तेस्रो संस्करणकजाकिस्तान भाषामा साझा समृद्धि, पर्यावरण संरक्षण, सांस्कृतिक उत्तराधिकार, सभ्यताको विविधता लगायत विषय समावेश छन् भने सी चिनफिङका महत्वपूर्ण भाषण, लेख र संवादमा उद्धृत चिनियाँ पुराना पुस्तक र क्लासिक उद्धरण राखिएको छ।