स्थानीय समयअनुसार जुलाई १ तारिख चाइना मिडिया ग्रुपद्वारा संयोजन गरिएको “सभ्यतासँग कुराकानी”को संयुक्त राष्ट्र संघीय विशेष प्रदर्शनको शुरुवात समारोह न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा आयोजना भएको छ।

चीनका उपप्रचारमन्त्री,चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्युङले यस समारोहका लागि लिखित भाषण दिनुभएको छ। उहँका अनुसार ७८औँ संयुक्त राष्ट्र संघीय महाधिवेशनले चीनद्वारा प्रस्तुत सभ्यतासँग वार्ता सम्बन्धी अन्तर्राष्ट्रिय दिवस स्थापना गर्ने निर्णय प्रस्ताव पारित गरेको छ।

यसबाट चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रस्तुत ग्लोबल सभ्यता निर्णय प्रस्तावले अन्तर्राष्ट्रिय व्यापक सहमति पाएको प्रतिबिम्बित भएको छ। अन्तर्राष्ट्रिय प्रथम श्रेणीको मिडियाको रुपमा चाइना मिडिया ग्रुपले सभ्यतासँग वार्ता सम्बन्धी कथा सुनाउन प्रयास गर्दै विभिन्न सभ्यताबीचको सम्झनालाई प्रवर्द्धन गर्दै जानेछ।


