७६ मुलुकमा पुग्छ नेपाली गलैंचा तर ५.७४ प्रतिशतले घट्यो निर्यात
2024-07-02 16:07:12cri
Share with:

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा उत्पादित गलैंचा ७६ मुलुक पुगेको छ। गत साउनदेखि जेठ मसान्तसम्म ९ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको भन्सार विभागको तथ्यांक छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशतले कम हो

 

गत आर्थिक वर्षको साउनदेखि जेठ मसान्सम्म १० अर्ब ३२ करोड ४६ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको थियो। सरकारले निर्यातलाई प्रवर्द्धन गर्नुका साटो पाइरहेको सेवासुविधा काटेर निरुत्साहित गरिरहेको गलैंचा उद्योगी बताउँछन्। उत्पादित ९९ प्रतिशत गलैंचा निर्यात हुने गरेको छ

 

चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले गलैंचाको ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा दिइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) छुटलाई खारेज गरेको थियो। उत्पादन भएका वस्तु निर्यात गरी प्राप्त भएको आयमा ५० प्रतिशत कर छुट सुविधालाई समेत सरकारले कटौती गरेको थियो। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गलैंचा बनाउन आवश्यक कच्चा पदार्थ ऊनमा दिइँदै आएको मूल्य अभिवृद्धि कर छुट हटाएको थियो

 

गलैंचा उद्योगलाई प्रोत्साहनस्वरूप दिइँदै आएको मूल्य अभिवृद्धि कर र आयकर छुट हटाउँदा गलैंचा उत्पादनको लागत बढेको उद्योगी बताउँछन्। सरकारले निर्यात प्रवर्द्धनका लागि दिएको सेवासुविधा काटेपछि स्वतः गलैंचा निर्यात घटेको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघका महासचिव बलराम गुरुङले जनाउनुभयो।

चालु आर्थिक वर्षको बजेटमार्फत गलैंचाको कच्चा पदार्थ ऊनमा १३ प्रतिशत भ्याट, धुलाइ, बुनाइ तथा कटाइमा १३ प्रतिशत भ्याट लगाइयो, यसलाई हटाउन सयभन्दा बढी ठाउँमा पुग्यौं। तर आगामी वर्षको बजेटमा पनि निरन्तरता दिइयो,’ उहाँले भन्नुभयो, ‘सेवासुविधा हटाएपछि लागत बढ्छ, उत्पादन घट्छ। उत्पादन घटेपछि स्वतः निर्यात पनि घट्ने नै भयोनिर्यातमा नगद अनुदान भन्दै गलैंचा उद्योगलाई ५ प्रतिशन नगद अनुदान दिँदै आएको छ। तर आर्थिक वर्ष ०७९/८० देखि अनुदान नपाइएको उद्योगीको भनाइ छ

 

कान्तिपुर अनलाइनका अनुसार नेपालमा उत्पादित गलैंचा सबैभन्दा बढी अमेरिकामा निर्यात हुने विभागको तथ्यांक छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ५ अर्ब ८१ करोड ११ लाख रुपैयाँ बराबरको गलैंचा अमेरिका निर्यात भएको विभागले जनाएको छ। जर्मनीमा ७० करोड ४६ लाख रुपैयाँ, बेलायतमा ५० करोड २४ लाख रुपैयाँ र इटाली ४७ करोड ५४ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ। फ्रान्समा ३९ करोड २२ लाख रुपैयाँ, चीनमा ३८ करोड २९ लाख र बेल्जियममा २५ करोड २० लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको विभागले बताएको छ

 

आगामी आर्थिक वर्षको बजेटमा नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका र हाल उच्च परिमाणमा निर्यात भइरहेका गलैंचा, कार्पेट, धागो, तयारी कपडा, सिमेन्टलगायत वस्तुको निर्यात अभिवृद्धि गरिने उल्लेख छ। आगामी आर्थिक वर्षको बजेटमा एकीकृत विकासको अवधारणाअनुरूप नमुना विकास अभियान सञ्चालन गर्न भरतपुरबुटवलपोखरा–(मुग्लिङ) भरतपुरलाई तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरिएको छ

 

त्रिभुज परियोजनाअन्तर्गत नारायणगढबुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिङपोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखराबुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेटलगायत घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रूपमा विकास गरिने बजेटमा उल्लेख छ। जब कि पोखराबुटवल खण्डमा थोरै मात्रामा मात्रै गलैंचा बनाइने संघका महासचिव गुरुङले जनाउनुभयो।