चीन-कजाकिस्तान सहयोग सम्बन्धि चिनियाँ राष्ट्राध्यक्ष सीको लेख प्रकाशित
2024-07-02 14:29:23CRI
Share with:

 जुलाई २ तारिख कजाकिस्तानको राजकीय भ्रमणको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कजाख प्रवदा अखबार र कजाख अन्तर्राष्ट्रिय समाचार समितिमा "चीन-कजाकिस्तान सम्बन्धमा नयाँ अध्याय जारी" शीर्षकको लेख प्रकाशित गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले लेखमा यसरी भन्नुभयोः यस भ्रमणमार्फत कजाकिस्तानका राष्ट्रपति टोकायेभसँगै मिलेर परम्परागत मित्रताको निरन्तरता दिँदै जाने इच्छा लिएको छु।

दुवै पक्षले चौतर्फी सहयोगलाई प्रगाढ बनाउनुका साथै चीन-कजाकिस्तान सम्बन्धको भविष्यका लागि नयाँ व्यवस्था र योजना बनाएर चीन-कजाकिस्तान स्थायी व्यापक रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ स्तरमा पुर्याउने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।

चिनियाँ राष्ट्राध्यक्षको पद सम्हालेयता सी चिनफिङको यो पाँचौँ कजाकिस्तान भ्रमण हो।

यस पटक कजाकिस्तानमा हुने राष्ट्राध्यक्ष सीको एजेन्डाको अर्को महत्वपूर्ण विषय भनेको शाङहाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनु हो। उहाँले विभिन्न पक्षको साझा प्रयासबाट अस्ताना शिखर सम्मेलन पूर्ण रुपमा सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो। शाङहाई सहयोग संगठन परिवारलाई थप एकताबद्ध बनाउँदै सांगठनिक सहयोगको नयाँ अध्याय खोल्ने विश्वास पनि गरिएको छ।