शाङहाई सहयोग संगठन (एससीओ) का राष्ट्रप्रमुखहरूको परिषद्को २४ औँ बैठकमा भाग लिन चिनियाँ राष्ट्राध्यक्ष सी पैचिङबाट प्रस्थान
2024-07-02 10:38:57CRI
Share with:

कजाकिस्तानका राष्ट्रपति कासिम-जोमार्ट तोकायेभ र ताजिकिस्तानका राष्ट्रपति रहमोनको निमन्त्रणामा यी दुई देशको राजकीय भ्रमण तथा अस्तानामा शाङहाई सहयोग संगठन (एससीओ) का राष्ट्रप्रमुखहरूको परिषद्को २४ औँ बैठकमा भाग लिनका लागि जुलाई २ तारिख बिहान, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानमार्फत् पैचिङबाट प्रस्थान गर्नुभएको छ।

भ्रमणदलमा सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको जनरल अफिसका निर्देशक छाई छी र चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यी पनि सहभागी हुनुहुन्छ।