जुलाई १ तारिख, ७८औँ संयुक्त राष्ट्रसंघीय महासभाले चीनको कृत्रिम बुद्धिमत्ताको क्षमता निर्माणमा अन्तर्राष्ट्रिय सहकार्यलाई सुद्दढ पार्ने प्रास्तावलाई पारित गरेको छ। उक्त प्रस्तावमा १४० भन्दा बढी मुलुकहरूले हस्ताक्षर गरेका छन्।
संयुक्त राष्ट्रसंघका लागि चिनियाँ प्रतिनिधि फूछौँले सो गोष्ठीमा कार्यसूचीको परिचय दिँदै भन्नुभयो, हाल विश्वमा कृत्रिम बुद्धिमत्ता प्रविधिहरूको द्रुत विकासले विभिन्न देशहरूको सामाजिक विकास तथा मानवीय सभ्यताको प्रगतिका लागि दिगो र गहिरोरूपमा प्रभावित पारेको छ। तर, धेरै देशहरू खास गरी विकासोन्मुख देशहरूले कृत्रिम बुद्धिमत्ताका प्रयोग गरेका छैनन् र त्यसबाट लाभ पनि पाएका छैनन्। विश्वमा डिजिटल असामानमा विस्तृत हुँदै गएको छ। कृत्रिम बुद्धिमत्ताको निर्माणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउने, सम्बन्धित् प्रविधिलाई समानताको रूपमा विकास तथा प्रयोग गर्ने र सम्बन्धित् उपलब्धिहरूलाई संयुक्त रूपमा साझा गर्ने संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूको इच्छा छ।
सो अवसरमा चीनले अरू सदस्य देशहरूसँग यो पहललाई सक्रिय रूपमा प्रवर्द्धन गरेर कार्यान्वयन गर्ने फूछौँले औँल्याउनुभयो। उहाँले भन्नुभयो, विकासको प्रगति महत्वपूर्ण स्थानमा राख्ने, जनतालाई पहिलो स्थानमा राख्ने, परस्परिक समान गर्ने र लाभकारी हुने र अभिनवन गर्ने कार्यलाई कायम राख्नुपर्छ। हामीले वास्तविक कार्यद्वारा विकासोन्मुख देशहरूमा कृत्रिम बुद्धिमत्तामा निर्माण र दिगो विकासलाई सहयोग गर्नुपर्छ। मानव जातिको साझा हित थप्ने र मानव जातिको साझा भविष्य समुदायको निर्माण गर्नुपर्छ।