उपसभामुख राना र सांसद सुहाङ नेम्वाङ चीन भ्रमणमा
2024-07-02 16:05:12cri
Share with:

उपसभामुख इन्दिरा राना सात दिने औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गर्नुभएको उकेरा अनलाइनले जनाएको छ।

 

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिन्च्याङ ट्रान्सहिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसशनमा भाग लिन छङ्तुतर्फ प्रस्थान गर्नुभएको हो।

 

उहाँले उक्त फोरममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमण दलमा प्रतिनिधिसभाका सदस्य सुहाङ नेम्बाङ र उपसभामुखका स्वकीय सचिव कुमार नेपाली पनि सहभागी छन्।

 

फोरममा हिमाली क्षेत्रका यातयात, कृषि तथा औद्योगिक क्षेत्रका साझा मुद्दाका बारेमा बहस हुनेछ। उपसभामुख राना असार २४ गते स्वदेश फर्कने कार्यक्रम छ।