चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले शाङहाइ सहयोग संगठनको सदस्य राष्ट्रका राष्ट्रनायकहरूको परिषदको २४औँ बैठकमा भाग लिनुहुने अवसरमा र कजाकिस्तानको राष्ट्रिय भ्रमणको अवसर पारेर चीनको चाइना मिडिया ग्रुप (सीएमजी) ले जुलाई २ तारिख अस्टानामा “पहाड र नदी जोड्ने” चीन-कजाकिस्तान साँस्कृतिक आदानप्रदान गतिविधिको आयोजना गरेको छ।
कजाकिस्तानका राष्ट्रपति टोकायेवले आफ्नो बधाई सन्देशमा सो गतिविधिको आयोजना सफल रूपमा सम्पन्न हुने आशा व्यक्त गर्नुहुँदै गतिविधिमा सहभागी अतिथिहरूलाई शुभकामना पनि दिनुभएको छ।
चिनियाँ प्रसार विभागका उपनिर्देशक तथा चाइना मिडिया ग्रुपका प्रमुख शन हाइ स्यौङले पनि उक्त गतिविधिलाई सम्बोधन गर्नुभएको छ। उहाँले भन्नुभयो, राष्ट्राध्यक्ष सी चिनफिङ शाङहाइ सहयोग संगठनको शिखर मञ्चमा सहभागी हुनुहुने अवसरमा र कजाकिस्तानको राष्ट्रिय भ्रमणका अवसरमा हामीले अस्टानामा सांस्कृतिक आदानप्रदान गतिविधिहरूको आयोजना गरेका छौँ। कजाकिस्तानका राष्ट्रपति टोकायेवले पठाउनुभएको बधाई सन्देशबाट हामीले दुई देशका राष्ट्रनायकहरूको नेतृत्वमा दुई देशका जनता बीच धेरै पुस्तादेखिको परम्परागत बहुमूल्य साँच्चो मित्रता देख्नपाएका छौँ।
कजाकिस्तानका लागि चीनका राजदूत चाङ सियाओले साँस्कृतिक आदानप्रदान चीन-कजाकिस्तान सम्बन्धमा महत्वपूर्ण अङ्ग भएको र विकासका लागि अटुट प्रेरक शक्ति भएको बताउनुभयो।
सो गतिविधिकै क्रममा, “चीन-कजाकिस्तान आर्थिक सूचनाको प्रत्यक्ष गाडी” परियोजना सोहि दिनबाट शुरु गरिएको छ। चाइना मिडिया ग्रुप र अस्टाना अन्तर्राष्ट्रिय आर्थिक केन्द्रले सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि लागू गरिएको पहिलो सहयोगको उपलब्धिको रूपमा दुई देशबीच आर्थिक क्षेत्रमा गहिरो आदानप्रदान र सहयोगको प्रवर्द्धन गर्ने र क्षेत्रीय आर्थिक एकीकरणको प्रक्रियालाई अघि बढाउनु हो।