“नयाँ युगमा चीनको व्यापक सुधारबारे मेरो कथा”
2024-07-03 18:40:14cri
Share with:

 सन् १९७८ मा चिनियाँ कम्युनिष्ट पार्टीको एघारौं केन्द्रीय समितिको तेस्रो अधिवेशनले सुधार तथा खुलापन गर्ने निर्णय गरेदेखि विगत ४६ वर्षमा सुधार र खुलापन समसामयिक चीनको सबैभन्दा महत्वपूर्ण विशेषता र सबैभन्दा भव्य घटना भएको छ।

 

सन् २०१३मा १८ औं चिनियाँ कम्युनिष्ट केन्द्रीय समितिको तेस्रो पूर्ण सत्रले व्यापक रूपमा गहिरो सुधार र समग्र प्रणाली डिजाइनलाई बढावा दिने नयाँ युगको सुरुवात गरेको छ। चीनले मानव इतिहासमा गरिबी विरुद्धको सबैभन्दा ठूलो लडाइ मात्र जितेको छैन, यसले विश्वको सबैभन्दा ठूलो हाई-स्पीड रेलवे नेटवर्क र राजमार्ग सञ्जाल पनि निर्माण गरेको छ र यसले मुख्य प्रविधिहरूमा सफलता हासिल गरेको छ। दश वर्षभन्दा बढी भइसक्यो, चीनको अर्थतन्त्रको बल, वैज्ञानिक र प्राविधिक बल र व्यापक राष्ट्रिय शक्तिले नयाँ उचाइमा फड्को मारेको छ र खुला हुने ढोका फराकिलो हुँदैछ।

 

जुलाई १५ तारिखदेखि १८ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक पैचिङमा आयोजना हुनेछ, जसले सुधारलाई अझ व्यापक रूपमा गहिरो बनाउने र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने विषयमा केन्द्रित हुनेछ। तपाई चीनलाई के भन्न चाहनुहुन्छ र आगामी दश वर्षमा चीनबाट के अपेक्षा गर्नुहुन्छ ?