सी चिनफिङद्वारा कजाकिस्तानका राष्ट्रपति तोकायेभसँग भेटवार्ता
2024-07-03 16:12:16cri
Share with:

स्थानीय समय अनुसार जुलाई ३ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अस्तानास्थित राष्ट्रपति भवनमा कजाकिस्तानका राष्ट्रपति तोकायेभसँग भेटवार्ता गर्नुभयो।

 

सी चिनफिङले सुन्दर कजाकिस्तान भ्रमण गर्न पाउँदा आफूला खुसी लागेको कुरा औंल्याउनुभयो। उहाँले भन्नुभयो,“मलाई विश्वास छ कि तपाईको नेतृत्वमा काजाकिस्तानका जनताले समृद्ध नयाँ कजाकिस्तान निर्माण गर्नेछन्। चीन र कजाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३२औँ वार्षिकोत्सवमा स्थायी व्यापक रणनीतिक साझेदारी एक उच्च स्तरमा पुगेको छ।

 

राष्ट्राध्यक्ष सीले भन्नुभयो,“म दोहोर्‍याउन चाहन्छु कि अन्तर्राष्ट्रिय परिस्थिति जतिसुकै परिवर्तन भए तापनि चीन-काजाकिस्तान मित्रताको रक्षा गर्ने आफ्नो मौलिक नियत, चौतर्फी सहयोग प्रवर्द्धन गर्ने आफ्नो दृढता, एकअर्काको मुख्य हितका मुद्दाहरूमा एकअर्कालाई समर्थन गर्ने आफ्नो दृढ संकल्पमा चीन अडिग छ।