चिनियाँ राष्ट्राध्यक्ष सी तथा किर्गिस्तानका राष्ट्रपति जापारोभ बीच भेटवार्ता
2024-07-04 10:26:46CRI
Share with:

स्थानीय समयअनुसार जुलाई ३ तारिख अपरान्ह, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अस्तानामा हुने शाङहाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनुअघि किर्गिस्तानका राष्ट्रपति सदीर नुर्गोजोएभिच जापारोभसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा चिनियाँ राष्ट्राध्यक्ष सीले भन्नुभयोः किर्गिस्तानको स्थिर रुपमा विकास भइरहेको देखेर चीन खुसी छ र किर्गिस्तानको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणका लागि किर्गिस्तानलाई चीनले दृढतापूर्वक समर्थन गर्दै जाने छ। किर्गिस्तानको राष्ट्रिय परिस्थितिअनुकूल विकासको मार्गमा अघि बढ्न चीनले दृढतापूर्वक समर्थन गर्दै जाने छ।

आपसी सहयोगबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले जोड दिँदै भन्नुभयोः चीन किर्गिस्तानसँगको समन्वय र सहयोगलाई मजबुत बनाउँदै चीन-मध्य एशिया संयन्त्रलाई सुधार र सुदृढीकरण गर्दै जाने इच्छा चीनले लिएको छ। साथै शाङहाई सहयोग संगठन (एससीओ) लाई विभिन्न पक्षको साझा हित अनुरूप सही दिशामा विकास गर्न सुनिश्चित गर्न चीन तयार छ।

सो अवसरमा किर्गिस्तानका राष्ट्रपति जापारोभले पारस्परिक सम्बन्धबारे चर्चा गर्दै भन्नुभयोः 'अहिले किर्गिस्तान र चीनबीचको राजनीतिक सम्बन्ध उच्च स्तरमा विकास भइरहेको छ। विश्वमा एक शताब्दीमा नदेखिने ठूला परिवर्तनहरूको सामना गर्दा किर्गिस्तान-चीन सम्बन्ध सँधै बलियो रहेको छ र दुई देशहरू बीच सहयोगको लागि कुनै राजनीतिक मतभेद वा बाधाहरू छैनन्। चीन-किर्गिस्तान-उज्वेकिस्तान रेलमार्ग परियोजनाको निर्माणलाई बढाउँदै शाङहाई सहयोग संगठन लगायत अन्य बहुपक्षीय संयन्त्रमा बहुपक्षीय सम्पर्क र सहयोगलाई मजबुत बनाउनका लागि दुवै पक्ष मिलेर काम गर्ने आशा पनि गरिएको छ।