सीजीटीएन सर्वेक्षणः एआईको क्षमता अभिवृद्धिमा करिब ९० प्रतिशत सहयोग
2024-07-04 16:12:48CRI
Share with:

संयुक्त राष्ट्रसङ्घको महासभाको ७८औँ अधिवेशनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षमता अभिवृद्धिमा अन्तर्राष्ट्रिय सहयोगलाई मजबुत बनाउन चीनद्वारा प्रस्तावित र १४० भन्दा बढी देशहरूको सहप्रायोजन गरेको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।

सीजीटीएनले गरेको एक विश्वव्यापी अनलाइन सर्वेक्षणका अनुसार, अधिकांश उत्तरदाताहरूले विश्वव्यापी एआई सहकार्यको प्रवर्द्धनमा चीनले गरेको प्रयासको उच्च प्रशंसा गरेका छन्। तीमध्ये ८९.७२ प्रतिशतले एआईको विकासले 'मानव केन्द्रित हुने सिद्धान्त', लाभकारी बौद्धिकतालाई प्रवर्द्धनमा गर्ने र मानवतालाई फाइदा पुर्याउने जस्ता चीनको अडानको सराहना गरेका छन्।

वर्तमान परिप्रेक्ष्यमा, एआई प्रविधि दैनिक जीवनको हरेक पक्षमा प्रयोग गरिएको छ। सर्वेक्षणमा ६३.९८ प्रतिशत उत्तरदाताले आफूले एआई वस्तु प्रयोग गरेको बताएका छन्। यसै गरी ६५.१६ प्रतिशत उत्तरदाताले एआईका उत्पादनहरुले जीवनमा थप सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्। ६०.४३ प्रतिशत उत्तरदाताले एआई उत्पादनहरूले प्रभावकारी रूपमा उत्पादन दक्षतामा सुधार ल्याउने तथा समाजमा अधिकरूपमा समृद्धि ल्याउने विश्वास गरेका छन्।

यसका साथै एआई प्रविधिको नैतिक र नियामकीय मुद्दाहरू पनि सबै देशहरूले सामना गरिरहेका चुनौतीहरू हुन्। ९३.११ प्रतिशत उत्तरदाताले एआईको सुरक्षा यसको विकास जत्तिकै महत्वपूर्ण रहेको र व्यवस्थापन, अनुसन्धान र विकास, आपूर्ति र प्रयोगका सबै पक्षमा पर्यवेक्षणलाई सुदृढ पार्नुपर्ने बताएका छन्।

सर्वेक्षणमा विश्वका ८९.४ प्रतिशत उत्तरदाताले चीनको प्रस्तावप्रति सहमति जनाएका छन्। चीनले अन्तर्राष्ट्रिय सहकार्य र व्यावहारिक कार्यहरूलाई प्रोत्साहित गर्दै विशेष गरी विकासशील देशहरूलाई उनीहरूको एआई क्षमता निर्माणलाई सुदृढ बनाउन, उनीहरूको प्रतिनिधित्व र विश्वव्यापी एआई सुशासनमा एआईको समावेशी, लाभकारी र दिगो विकास हासिल गर्न आवाज उठाउँदै आएको छ।

उक्त सर्वेक्षण अङ्ग्रेजी, स्पेनिश, फ्रेन्च, अरबी र रुसी भाषामा सीजीटीएनले प्रकाशित गरेको थियो र २४ घण्टा भित्रमा ९,४८१ जनाले प्रतिक्रिया दिएका थिए।