गाजौनी मौरिटानियाको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकोमा चिनियाँ राष्ट्राध्यक्षको बधाई सन्देश
2024-07-05 18:36:33cri
Share with:

जुलाई ५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मोहम्मद उलद चेख गाजौनी मौरिटानियाको राष्ट्रपतिमा पुनःनिर्वाचित हुनुभएकोमा बधाई सन्देश पठाउनुभएको छ।

 

उहाँका अनुसार चीन र मौरिटानियाबीच मैत्रीपूर्ण मित्रता रहेको छ। हाल केही वर्षयता यी दुबै मुलुकका नेताहरुको संयुक्त नेतृत्वमा यी दुबै मुलुकबीचको सम्बन्ध स्थिर विकसित भैरहेको छ र विभिन्न क्षेत्रबीचको आदानप्रदान  र सहयोगमा प्रचुर उपलब्धी पाइएको देखिन्छ।

 

राष्ट्राध्यक्ष सीले मौरिटानियासँगको सम्बन्धलाई जोड दिँदै राष्ट्रपति गाजनीसँग यी दुबै मुलुकको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई नयाँ उचाईँमा पुर्याउन प्रवर्द्धन गर्दै जाने आशा गर्नुभएको छ।