चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस बीच भेटवार्ता
2024-07-05 09:59:33CRI
Share with:

स्थानीय समयअनुसार जुलाई ४ तारिख, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच अस्तानामा भेटवार्ता भएको छ।

भेटवार्तामा राष्ट्राध्यक्ष सीले जोड दिँदै भन्नुभयोः अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए तापनि चीनले सधैँ साँचो बहुपक्षीयताको पालना गर्दै आएको छ र अन्तर्राष्ट्रिय मामिलामा संयुक्त राष्ट्रसङ्घको केन्द्रीय भूमिकालाई समर्थन गर्दैं जाने छ।

चीनले संयुक्त राष्ट्रसंघको भावी शिखर सम्मेलनलाई समर्थन गर्दै विश्व सुशासन व्यवस्थाको विकासलाई अझ न्यायपूर्ण र समतामूलक दिशामा अगाडि बढाउने पुष्टि पनि राष्ट्राध्यक्ष सीले गर्नुभयो। अन्तर्राष्ट्रिय वित्तीय संरचनाको सुधार र आर्टिफिसियल इन्टेलिजेन्सको विश्वव्यापी सुशासनलाई बढाउने क्रममा नेतृत्वदायी भूमिका निर्वाह गर्न चीनले संयुक्त राष्ट्रसंघलाई समर्थन गर्दै जाने धारणा पनि उहाँले व्यक्त गर्नुभयो।

सो अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसले भन्नुभयोः संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय वित्तीय संरचना र आर्टिफिसियल इन्टेलिजेन्सको विश्वव्यापी सुशासनको समायोजनलाई बढाउन हरसम्भव प्रयास गर्न इच्छुक छ, यसो गर्दा विश्वव्यापी शासनलाई अधिक न्यायपूर्ण र उचित बनाउन र विकासशील देशहरूको साझा विकासको लागि अधिक अनुकूल बनाउन सकिने छ।

संयुक्त राष्ट्रसंघका लागि चीनले गरेको सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो। उहाँले अगाडि भन्नुभयोः मानवताको भविष्य धेरै हदसम्म चीनमा निर्भर छ र संयुक्त राष्ट्रसंघले चीनसँगको संवाद र सहयोगलाई थप मजबुत बनाउन चाहेको छ ।